सोमबार, चैत ४, २०८१
  • गृहपृष्ठ
  • प्रदेश
  • प्रदेश २ कांग्रेस सभापतिमा मन्त्री यादवले गरे उम्मेदवारी घोषणा

प्रदेश २ कांग्रेस सभापतिमा मन्त्री यादवले गरे उम्मेदवारी घोषणा

सोमबार यादवले जनकपुरमा पत्रकार सम्मेलन आयोजना गरेर नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत प्रदेश २ सभापति पदका लागि उम्मेदवारी घोषणा गरेका हुन्।
 |  सोमबार, मंसिर ६, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर ६, २०७८

जनकपुरधामनेपाली कांग्रेसको प्रदेश २ को संसदीय दलका नेता रामसरोज यादवले कांग्रेसको प्रदेश २ को सभापति पदका लागि उम्मेदवारी घोषणा गरेका छन्। सोमबार यादवले जनकपुरमा पत्रकार सम्मेलन आयोजना गरेर नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत प्रदेश २ सभापति पदका लागि उम्मेदवारी घोषणा गरेका हुन्। 

health

दललाइ प्रदेश २ मा थप सशक्त बनाउने लक्ष्यका साथ आफूले प्रदेश सभापति पदमा उम्मेदवारी दिन लागेको यादवले बताए।

प्रदेश २ को भौतिक पूर्वाधार विकासमन्त्री समेत रहेका यादवले आफूले प्रदेश सभापति पदमा जिते प्रदेश २ मा कांग्रेसलाई पहिलो नम्बरको दल बनाउनुका साथै सुविधा सम्पन्न प्रदेश भवन बनाउने प्रतिबद्धता व्यक्त गरे। 

२०२९ सालमा विद्यार्थी राजनीतिबाट राजनीतिक जीवन शुरु गरेका यादव १४ वर्ष नेपाली कांग्रेस धनुषाको सभापति भएर काम गरिसकेका छन्। 

एक अर्को प्रसंगमा नेता यादवले कांग्रेसको केन्द्रीय सभापति पदका लागि आफ्नो सर्वमान्य नेता उपसभापति विमलेन्द्र निधि रहेको बताए। उनले केन्द्रीय सभापति पदमा सम्पूर्ण कार्यकर्ताले नेता निधिलाई सहयोग गर्ने विश्वास व्यक्त गरे।

प्रकाशित: Nov 22, 2021| 17:46 सोमबार, मंसिर ६, २०७८
citizen insidecitizen inside
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।