शुक्रबार, कात्तिक ९, २०८१
  • गृहपृष्ठ
  • प्रदेश
  • वडा अधिवेशनमा हस्तक्षेप गरेको भन्दै कार्यकर्ताले घेरे मन्त्री यादव

Siddartha premir insuranceSiddartha premir insurance

वडा अधिवेशनमा हस्तक्षेप गरेको भन्दै कार्यकर्ताले घेरे मन्त्री यादव

धनुषाको मुखियापट्टी मुसहरनियाको वडा अधिवेशनमा हस्तक्षेप गर्न खोजेपछि नेपाली कांग्रेसका कार्यकर्ताहरु प्रदेश २ को भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादवलाई घेराउ गरेका छन्। मन्त्री यादवकै वडामा उनकै कार्यकर्ताहरुले घेराउ गरेका हुन्।
 |  बुधबार, मंसिर १, २०७८
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १, २०७८

जनकपुरधाम- धनुषाको मुखियापट्टी मुसहरनियाको वडा अधिवेशनमा हस्तक्षेप गर्न खोजेपछि नेपाली कांग्रेसका कार्यकर्ताहरु प्रदेश २ को भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादवलाई घेराउ गरेका छन्। मन्त्री यादवकै वडामा उनकै कार्यकर्ताहरुले घेराउ गरेका हुन्। 

triton college

बुधबार मुखियापट्टि मुसहरनियामा मन्त्री यादवले जबरजस्ती वडा अधिवेशन गराउन खोज्दा स्थानीय कांग्रेसी कार्यकर्ताहरुले उनलाई घेराउ गरेका हुन्।

मन्त्री यादवले लुकाएर गोप्य स्थानमा आफ्ना गुटका कार्यकर्तालाई मात्रै बोलाएर मतदान गराइरहेको थाहा पाएपछि स्थानीय कार्यकर्ताहरुले घेराउ गरेको कांग्रेसका स्थानीय नेता विनोदकुमार यादवले जानकारी दिए। मुखियापट्टी मुसहरनिया वडा नम्बर ५ र ६ मा प्रहरीको सहयोगमा एकलौटी रुपमा माइन्युट गरेर मन्त्री यादवले वडा अधिवेशन गर्न खोजेपछि विवाद उत्पन्‍न भएको हो। 

मन्त्री यादवले पावरको आडमा अलोकतान्त्रिक र तानाशाही विधिबाट अधिवेशन गराउन खोजेपछि आफुहरुले अधिवेशन रोक्न खोजेको स्थानीय कांग्रेसका कार्यकर्ता जयप्रकाश यादवले बताए। उनले मन्त्री यादव प्रहरी चौकीमा रहेको र उनलाई त्यही घेरेर राखेको बताए। 

सो क्रममा नेपाली कांग्रेसका कार्यकर्ताहरु तथा प्रहरी बीच सामान्य झडप समेत भएको थियो।   

Metro Mart
vianet

मन्त्री यादवकै हस्तक्षेपका कारण मुखियापट्टी मुसहरनिया गाउँपालिका वडा नम्बर ५ र वडा नम्बर ६मा समेत वडा अधिवेशन हुन सकेको छैन। धनुषाका बाँकी वडाहरुमा अधिवेशन सम्पन्‍न भइ सकेको छ।

प्रकाशित: Nov 17, 2021| 18:24 बुधबार, मंसिर १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।