बुधबार, जेठ २०, २०८३

वीरगन्जमा राति १० बजेपछि बाजा बजाउन रोक

वीरगन्ज महानगरपालिका क्षेत्रभित्र राति १० बजेपछि हुने गरेको ध्वनि प्रदूषण न्यून गर्ने उद्देश्यले चर्को आवाजमा डिजे, बाजा र ब्यान्डबाजा बजाउनमा रोक लगाइएको छ।
 |  मंगलबार, मंसिर ७, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर ७, २०७८

वीरगन्ज– वीरगन्ज महानगरपालिका क्षेत्रभित्र राति १० बजेपछि हुने गरेको ध्वनि प्रदूषण न्यून गर्ने उद्देश्यले चर्को आवाजमा डिजे, बाजा र ब्यान्डबाजा बजाउनमा रोक लगाइएको छ।

National life

विवाह, व्रतबन्धसहित विभिन्न मेला महोत्सवको बहानामा अश्लील गीतसंगीत एवम् सडकमा आर्केस्ट्राको नृत्यमा रोक लगाइएको पर्साका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए। सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत समाजमा हुन सक्ने विकृति–विसङ्गति तथा अश्लील गीतसङ्गीत एवम् सडकमा सो नृत्यमा रोक लगाइएको हो। 

यसैगरी, घण्टाघर नजिकैका धर्मशाला, पार्टी प्यालेस एवम् होटल बिपी पार्क, माईस्थान आदर्शनगर क्षेत्रका पुरानो बसपार्क र अलखिया मठ, छपकैया विर्ता क्षेत्रकाले बिर्ताबजार एवम् इदगाहा क्षेत्रको खाली ठाउँमा पार्किङ गर्नुपर्ने योजना अघि बढाइएको हो। 

यसैगरी,  वीरगञ्जमा सवारी पार्किङ व्यवस्थापन तथा दुर्घटना न्यूनीकरण सम्बन्धमा धर्मशाला, होटेल, पार्टीप्यालेसले नै सुरक्षा गार्ड राख्ने र सवारीसाधन पार्किङमा व्यवस्थापन गर्न जिम्मेवार हुनुपर्ने गर्ने योजना बनाइएको ग्रिनसिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतानले जानकारी दिए।

गाँजा खेती शून्यमा झार्ने  अभियान

Shivam cement

यसैबीच, पर्सा प्रहरीले पछिल्लो पटक गाउँगाउँमा लगाइएको  प्रतिबन्धित गाँजा खेती नष्ट गरी गाँजा खेतीलाई शून्यमा झार्ने  अभियान चलाएको छ। गाँजा खेती निरुत्साहित गर्न गाउँगाउँमा लगाइएको प्रतिबन्धित गाँजा खेती नष्ट गरी गाँजा खेतीलाई शून्यमा झार्ने अभियान चलाएको पर्साका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिए।

पछिल्लो पटक केही दिनअघि जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले पर्साको ठोरी गाउँपालिकामा ११ बिघा क्षेत्रफलमा लगाएको अवैध गाँजा खेती नष्ट गरेको थियो। ठोरी गाउँपालिकामा सङ्गठित रुपमा समूहमा गाँजा खेती लगाइएको सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय पर्साको कमान्डमा खटिएको प्रहरी टोलीले गाँजा फँडानी गरेको हो।

ठोरी गाउँपालिका–३ को ब्रह्मनगर, रामनगर तथा जङ्गल छेउछाउ लगायतका क्षेत्रमा लगाइएको गाँजा खेती प्रहरीले फँडानी गरी नष्ट गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताए। गाँजा खेती गर्ने व्यक्तिको पहिचान गरी मुद्दा दर्ता गरिनेछ।

गाँजा खेती धेरै लगाइएको तथा प्रहरीको आँखा नपुग्ने गरी जङ्गल छेउछाउमा लगाएको भए पनि प्रहरीले गाँजा खेती नष्ट गर्न सफल भएको इलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरीक्षक ब्रह्मदेव साहले जानकारी दिए।

–रासस

प्रकाशित: Nov 23, 2021| 13:01 मंगलबार, मंसिर ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।