मंगलबार, पुस १, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • धनुषामा कांग्रेसको पालिका अधिवेशन आइतवार हुने, सर्लाहीका निर्वाचन अधिकृतले दिए राजीनामा

धनुषामा कांग्रेसको पालिका अधिवेशन आइतवार हुने, सर्लाहीका निर्वाचन अधिकृतले दिए राजीनामा

शुक्रबार निर्वाचन अधिकृत अरूण ज्ञवालीले सूचना प्रकाशन गरी मंसिर ४ र ६ गतेका लागि तय गरिएको पालिका तथा प्रदेश क्षेत्रीय अधिवेशन तत्कालका लागि प्राविधिक कारणले स्थगित गरिएको जनाएको थियो।
 |  शनिबार, मंसिर ४, २०७८

जयन्त ठाकुर

जयन्त ठाकुर

शनिबार, मंसिर ४, २०७८

जनकपुरधाम- धनुषामा स्थगित भएको कांग्रेसको पालिकाको निर्वाचन आइतबार हुने भएको छ। शुक्रबार निर्वाचन अधिकृत अरूण ज्ञवालीले सूचना प्रकाशन गरी मंसिर ४ र ६ गतेका लागि तय गरिएको पालिका तथा प्रदेश क्षेत्रीय अधिवेशन तत्कालका लागि प्राविधिक कारणले स्थगित गरिएको जनाएको थियो।

National life

सूचना प्रकाशनको २४ घण्टा नबित्दै स्थगित गरिएको निर्वाचनमध्ये पालिकास्तरीय निर्वाचन आइतबार हुने शनिबार एक सूचनामार्फत जनाइएको छ।

पालिकास्तरीय मतदाताको नामावलीको प्राविधिक कार्य पूरा भइसकेको कारण निर्वाचनको मिति तय गरिएको उनले बताए। निर्वाचन सम्पन्‍न भएपछि क्षेत्रीय मतदाताको नामावली प्रकाशनको कार्य सम्पन्‍न भए लगत्तै प्रदेश सभा क्षेत्रीय निर्वाचनको मिति तय गरिने उनले बताएका छन्।

यसअघि पालिकाको निर्वाचन मंसिर ४ र क्षेत्रीय मंसिर ६ गतेका लागि मिति तय गरिएको थियो। उनका अनुसार जिल्लाका चार निर्वाचन क्षेत्रमध्ये २ र ४ मा सहमति नपुगेर मतदाता क्षेत्रीय प्रतिनिधिको नामावली आउन नसक्दा कम्प्युटरको सफ्टवेयर लोड गर्न बाँकी रहेको छ।

सर्लाहीका निर्वाचन अधिकृतले दिए राजीनामा

Laxmi sunrise bank
kumari

यता सर्लाही विवाद बढ्दै गएपछि दोस्रोपटक निर्वाचन अधिकृतले राजीनामा दिएका छन्। बिहीबार निर्वाचन अधिकृतलाई नै कुटपिट गरेपछि निर्वाचन अधिकृत दिवाकरराज पाण्डेले राजीनामा दिएका हुन्।

पहिलोपटक खटाइएको निर्वाचन अधिकृत विनोद कार्की दुई पक्षको विवादले अधिवेशन गराउन नसक्ने भन्दै गत कात्तिक २६ गते राजीनामा दिएका थिए। त्यसपछि केन्द्रीय निर्वाचन समितिले कात्तिक २७ गते पाण्डेलाई नयाँ निर्वाचन अधिकृतको रूपमा सर्लाही पठाएको थियो। तर, कुटपिटपश्चात् उनले पनि राजीनामा दिएका हुन्।

प्रकाशित: Nov 20, 2021| 18:36 शनिबार, मंसिर ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।