सोमबार, चैत ४, २०८१

प्रदेश २ : नेकपा एसका दुई मन्त्रीले लिए शपथ ग्रहण

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मन्त्रीमण्डल विस्तार गरेका छन्।
 |  आइतबार, मंसिर ५, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर ५, २०७८

जनकपुरधाम- प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मन्त्रीमण्डल विस्तार गरेका छन्। नेकपा एकीकृत समाजवादी पार्टीका दुई मन्त्रीलाई प्रदेश प्रमुख हरिशंकर मिश्रले शपथ ग्रहण गराएसँगै मन्त्रीमण्डल विस्तार भएको छ। 

health

 नेकपा एसका प्रदेश २ को संसदीय दलका नेता शुत्रधन महतोलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री र प्रमोद यादवलाई कानुन, न्याय तथा प्रदेश मामिला मन्त्रीको रूपमा प्रदेश प्रमुख मिश्रले शपथ ग्रहण गराएका हुन्। 

नेकपा एसलाई सरकारमा सहभागी गराउन मुख्यमन्त्री लालबाबु राउतले जसपाकै उद्योग पर्यटन तथा वनमन्त्री राम नरेश रायलाई बर्खास्त गरेका थिए। 

यसअघि नेपाली कांग्रेस र माओवादी केन्द्रलाई सरकारमा सहभागी गराउन ज्ञानेन्द्र यादवले मन्त्री पदबाट राजीनामा दिएका थिए। अब प्रदेशमा चार दलीय गठबन्धनको सरकार बनेको छ। जसापको नेतृत्वमा कांग्रेस तीन र माओवादी केन्द्र एक मन्त्रालयसहित सरकारमा छ।

प्रकाशित: Nov 21, 2021| 11:01 आइतबार, मंसिर ५, २०७८
citizen insidecitizen inside
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।