मंगलबार, पुस १, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • सर्लाहीमा कांग्रेस कार्यकर्ताबीच झडप हुँदा वडा अधिवेशन बिथोलियो

सर्लाहीमा कांग्रेस कार्यकर्ताबीच झडप हुँदा वडा अधिवेशन बिथोलियो

वरिष्ठ नेता पौडेल पक्षका कार्यकर्ताले निर्वाचन अधिकृत दिवाकरराज पाण्डेसहित जिल्लाका केही नेता तथा कार्यकर्तामाथि हातपात गरेका थिए। निर्वाचन अधिकृत पाण्डेलाई हातपात गरेपछि अधिवेशन स्थगित भएको जनाइएको छ।
 |  बिहीबार, मंसिर २, २०७८

जयन्त ठाकुर

जयन्त ठाकुर

बिहीबार, मंसिर २, २०७८

जनकपुरधाम- नेपाली कांग्रेसको सर्लाही जिल्ला अधिवेशन गर्ने विषयमा दुई पक्षबीच झडप हुँदा वडा अधिवेशन बिथोलिएको छ। बिहीबारका लागि तय भएको वडा अधिवेशनमा निर्वाचन अधिकृत खटाउने विषयमा सभापति शेरबहादुर देउवा पक्ष र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका कार्यकर्ताबीच पार्टी कार्यालय मलंगबार झडप हुँदा बिथोलिएको हो। 

National life

वरिष्ठ नेता पौडेल पक्षका कार्यकर्ताले निर्वाचन अधिकृत दिवाकरराज पाण्डेसहित जिल्लाका केही नेता तथा कार्यकर्तामाथि हातपात गरेका थिए। निर्वाचन अधिकृत पाण्डेलाई हातपात गरेपछि अधिवेशन स्थगित भएको जनाइएको छ।

सर्लाही जिल्ला अध्यक्ष नागेन्द्र कुमारले वडा अधिवेशन बिथोल्ने कार्य गरेकोमा घोर भर्त्सना गर्दै दोषीलाई कारबाहीको माग गरेका छन्। दुई पक्षबीच छलफल भइरहेको समयमा पौडेल पक्षले पार्टी कार्यालय घेरा हालेर निर्वाचन अधिकृत पाण्डेलाई हातपात गरेको सर्लाही जिल्ला अध्यक्ष नागेन्द्र कुमारले एक विज्ञप्ति जारी गर्दै जनाएका छन्।

सर्लाही क्षेत्र नम्बर-४ का संघीय संसद्‌ समेत रहेका केन्द्रीय सदस्य अमरेशकुमार सिंहले हातपात गरेको स्थानीय नेताले जनाएको छ। कांग्रेसका दुई पक्षका कार्यकर्ताबीच थप झडप हुने देखिएपछि जिल्लाको सुरक्षा व्यवस्था कडा बनाइएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए। 

सर्लाहीको २० पालिकाको दुई सय वडामा अधिवेशन गर्ने भनि दुई पक्षबिच सहमति भएको थियो। यता अध्यक्ष नागेन्द्र कुमारले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘कार्तिक २९ गतेको निर्णय कार्यान्वयन गर्ने सन्दभमा पुनः विवाद निकाली निर्वाचन कार्यतालिका अवरुद्ध भएपछि पुनः पार्टीका केन्द्रिय सदस्यहरु प्रदेश मन्त्री, माननियज्यूहरु र अन्य नेताहरुका साथ निर्वाचन अधिकृतसमेतको उपस्थितिमा वार्ता भइरहेको अवस्थामा अनधिकृतरुपले बैठक कक्षमा प्रवेश गरी निर्लज्जता, उद्दण्डता देखाउने गरी निर्वाचन अधिकृतमाथि हातपात गरि उहासँग रहेको निर्णय पुस्तिका अन्य कागजातहरु र मोबाइलसमेत लुटि लगेकोले कानुनी राज्यको उपहास भएको जनाएका छन्।

Laxmi sunrise bank
kumari

प्रकाशित: Nov 18, 2021| 19:59 बिहीबार, मंसिर २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।