सोमबार, फागुन १८, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • मन्त्रीमण्डलमा महिला सहभागिता नगराइएकोमा प्रदेशसभा सदस्य यादवको आक्रोश

मन्त्रीमण्डलमा महिला सहभागिता नगराइएकोमा प्रदेशसभा सदस्य यादवको आक्रोश

प्रदेश २ को सरकारमा नेकपा (एकीकृत समाजवादी) सहभागी भएको एक दिन नबित्दै सोही दलकी प्रदेशसभा सदस्य मञ्जु यादवले प्रदेश सरकारविरुद्ध आक्रोश पोखेकी छन्।
 |  सोमबार, मंसिर ६, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर ६, २०७८

kumari

जनकपुरधाम– प्रदेश २ को सरकारमा नेकपा (एकीकृत समाजवादी) सहभागी भएको एक दिन नबित्दै सोही दलकी प्रदेशसभा सदस्य मञ्जु यादवले प्रदेश सरकारविरुद्ध आक्रोश पोखेकी छन्। प्रदेश सरकारको मन्त्रीमण्डलमा महिला सहभागिता नगराइएको भन्दै उनी प्रदेश सरकारका साथै आफ्नै दलविरुद्ध आक्रोशित देखिएकी हुन्। 

यादवले सामाजिक सञ्जालमा स्टाटस लेख्दै मुख्यमन्त्री लालबाबु राउतप्रति आक्रोश पोखेकी छन्। पार्टी नेतृत्वले समेत महिलालाई बेवास्ता गर्दै प्रदेश सरकारमा सहभागी भएपछि उनले आफ्नो असन्तुष्ट पोख्दै मुख्यमन्त्री तथा मन्त्रीपरिषद्मा एकजना पनि महिलालाई क्याबिनेट मन्त्री नबनाएको प्रति मुख्यमन्त्री राउत र जसपा अध्यक्ष उपेन्द्र यादवप्रति आक्रोश पोखेकी हुन्।

उनले मुख्यमन्त्री राउतले संविधानलाई कागजको खोस्टा बनाएको भन्दै यो लज्जास्पद विषय भएको बताएकी छन्। सामाजिक सञ्जालमा प्रदेश सांसद यादवले लेखेकी छन्, ‘जुन संविधानको आधारमा लालबाबु राउतजी मुख्यमन्त्री बन्नुभएको छ, त्यहि संविधानलाई कागजको खोसटो बनाइदिनु भएको छ। उहाँको क्याबिनेटमा महिला नहुनु लज्जाको विषय हो कि होइन? यो कुरा मधेशी मसिहा उपेन्द्र यादव लगायत सबै सरोकारवालासँग मेरो प्रश्न छ।’

प्रकाशित: Nov 22, 2021| 14:26 सोमबार, मंसिर ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।