सोमबार, चैत ४, २०८१

प्रदेश २ का दुई मन्त्रीले शपथ लिए

प्रदेश २ का नवनियुक्त उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री शत्रुधन महतो र कानुन, न्याय तथा प्रदेशसभा मामिलामन्त्री प्रमोद यादवले पद तथा गोपनियताको शपथ लिएका छन्।
 |  आइतबार, मंसिर ५, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर ५, २०७८

काठमाडौं– प्रदेश २ का नवनियुक्त उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री शत्रुधन महतो र कानुन, न्याय तथा प्रदेशसभा मामिलामन्त्री प्रमोद यादवले पद तथा गोपनियताको शपथ लिएका छन्।

health

आइतबार जनकपुरधामस्थित प्रदेश प्रमुखको कार्यालयमा आयोजित एक विशेष समारोहका बीच प्रदेश प्रमुख हरिशंकर मिश्रले नेकपा (एकीकृत समाजवादी) पार्टीबाट मन्त्री बनेका मन्त्रीद्धय महतो र यादवलाई शपथ खुवाएका हुन्।

शपथ ग्रहणपछि सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री महतोले विनाशको अवस्थामा रहेको चुरे संरक्षणलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताए। उनले प्रदेश २ को नामाकरण र भ्रष्टाचार नियन्त्रणको कामलाई पनि आफूले जोड दिने बताए।

त्यसैगरी नवनयिुक्त मन्त्री यादवले प्रदेश र संघीयतालाई संस्थागत विकासको लागि कानुन निर्माणको काममा तीव्रता दिने बताए। मुख्यमन्त्री राउतले एकीकृत समाजवादीलाई सरकारमा ल्याउन आफ्नै पार्टीका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामनरेश राय यादवलाई मात्र पदमुक्त गरेका थिए। एकीकृत समाजवादीलाई उद्योग, पर्यटन, वन तथा वातावरणसहित मुख्यमन्त्री राउतले आफ्नो मातहतमा राखेको कानुन, न्याय तथा प्रदेश सभा मामिला मन्त्रालय दिएका हुन्।

मुख्यमन्त्री राउतले कानुन, न्याय तथा प्रदेशसभा मामिला र वाणिज्य आपूर्ति तथा विज्ञान प्रविधि मन्त्रालय आफ्नै मातहतमा राखेका थिए। तत्कालीन राजपाबाट सरकारमा सहभागी भएका मन्त्रीहरुलाई हटाएपछि राउतले प्रदेशका ६ मन्त्रालयलाई टुक्र्याएर १० मन्त्रालय बनाएका थिए।

प्रकाशित: Nov 21, 2021| 14:02 आइतबार, मंसिर ५, २०७८
citizen insidecitizen inside
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।