अखिल भारतीय अखडा परिषद् अध्यक्ष तथा प्रयागराजस्थित बाघबारी मठका धर्म गुरु नरेन्द्र गिरीको शव फेला परेको छ। उनको शव प्रयागराजको अल्लापुरस्थित बाघबारी गद्दी मठको एक कोठामा फेला परेको हो।
रुसमा भएको संसदीय निर्वाचनमा राष्ट्रपति भलाद्मीर पुटिनको पार्टीले बहुमत प्राप्त गरेको छ। सम्पूर्ण मत गणना सकिएसँगै पुटिनको युनाइटेड रसिया पार्टीले ५० प्रतिशत मत प्राप्त गरेको छ।
राष्ट्रपति रेसेप टैय्यप एर्दोआनले संयुक्त राज्य अमेरिकाको भ्रमण गर्ने भएका छन्। अमेरिकी राष्ट्रपति जो बाइडेनसँग असहमति बढेपछि सम्बन्ध सुधारका लागि उनी न्युयोर्क जान लागेको जनाइएको छ।
इन्टरनेटको फ्रि इन्साइक्लोपेडिया वेबसाइट विकिपिडियाले चीनले 'घुसपैठ' गर्न खोजेको आरोप लगाएको छ। चीनले विकिपिडियाको जग हल्लाउने कोशिस गरेको विकिपिडियाको आरोप छ।
तालिबानको कब्जामा रहेको अफगानिस्तानमा एक महिनापछि माध्यमिक विद्यालय खुला गरिएका छन्। तालिबान सरकारको शिक्षा मन्त्रालयले शुक्रबार सबै पुरुष शिक्षाहरुलाई काममा फर्किन आदेश दिएको छ।