सोमबार, कात्तिक १७, २०८२

दुबईका शासकले पूर्वपत्‍नीको फोन ह्याक गरेको खुलासा

बेलायतको उच्च अदालतले दुबईका शासक शेख मोहम्मद अल मोक्तुमले आफ्नो पूर्वपत्‍नी हायाको फोन ह्याक गरेको जनाएको छ।
 |  बुधबार, असोज २०, २०७८

बीबीसी

बीबीसी

बुधबार, असोज २०, २०७८

लन्डन- बेलायतको उच्च अदालतले दुबईका शासक शेख मोहम्मद अल मोक्तुमले आफ्नो पूर्वपत्‍नी हायाको फोन ह्याक गरेको जनाएको छ। 

Kumaribank

जोर्डनकी राजकुमारी रहेकी हायासँगको सम्बन्ध विच्छेदको मुद्दा चलिरहेको सयममा उनले हायाका वकिलहरु, बारोनेस फिओना शाक्लेटोन र निक म्यानर्सको पनि फोन ह्या गरेको अदालतले जनाएको छ। 

राजकुमारी हायाले यस खुलासले आफूलाई थप चोट पुर्‍याएको बताएकी छन्। तर, मोहम्मदले भने ह्याकिङको बारेमा आफूलाई कुनै जानकारी नभएको बताएका छन्। 

अदालतको यस फैसलाले शेखले परिवारका महिला सदस्यहरुप्रति उनले गर्ने व्यवहारको पनि खुलासा गरेको छ। बुधबार दिउँसो सार्वजनिक आदेशले फोन ह्या गरेर बेलायतको अपराधिक कानुनको उल्लंन भएको बताइएको छ। 

अदालतको आदेश अनुसार राजकुमारी हाया, उनका दुई जना वकिलहरु, उनका निजी सहयोगी र सुरक्षाका दुई जना अधिकारीहरुको फोन सप्टवेयरमार्फत निगरानी गरिएको बताइएको छ। 

Metro Mart

दुबईका शासकले गत वर्ष उनकी छोरीलाई बन्धक बनाएकोसमेत खुलेको थियो। अदालतले शासक शेखले उनको छोरी लतिफालाई अपहरण गरेर बन्दक बनाएको जनाइएको थियो। 

प्रकाशित: Oct 06, 2021| 22:40 बुधबार, असोज २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।