बिहीबार, मंसिर १८, २०८२

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।
 |  मंगलबार, चैत २१, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, चैत २१, २०७९

बंगलादेशको राजधानी ढाकामा भीषण आगलागी भएको छ। सस्तो कपडा बजारका रुपमा चर्चित बंगबजारमा आज बिहान स्थानीय समय अनुसार ६ बजेतिर आगलागी सुरु भएको हो।

National life

बंगाली मिडियाका अनुसार आगलागी अझै नियन्त्रणमा आएको छैन। आगो निभाउन पानीको समेत अभाव भएको बताइएको छ।

आगलागी नियन्त्रणका लागि ५० भन्दा बढी दमकल र ६०० भन्दा बढी आगलागी नियन्त्रकहरुले काम गरिरहेका छन्। सो बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ।

बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ। हेलिकोप्टर, अग्नि नियन्त्रक र दमकलले आगो निभाउने प्रयास भए पनि सम्भव भएको छैन। यो बजार गार्मेन्ट उत्पादन र विभिन्न प्रकारका कपडाका लागि परिचित छ।

आगलागीको कारण अहिलेसम्म पत्ता लागेको छैन र आगलागीबाट मानवीय क्षति भएको विवरण पनि प्राप्त भएको छैन।
 

Laxmi sunrise bank
kumari

प्रकाशित: Apr 04, 2023| 12:03 मंगलबार, चैत २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।