शनिबार, असार २१, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • खेलौना ठानेर बम खेलाउँदा अपगानिस्तानमा दुई बालबालिकाको मृत्यु

खेलौना ठानेर बम खेलाउँदा अपगानिस्तानमा दुई बालबालिकाको मृत्यु

 |  मंगलबार, चैत २८, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, चैत २८, २०७९

vianetvianet

अफगानिस्तान- अफगानिस्तानको पूर्वी प्रान्त घाज्नीको नाहुर जिल्लास्थित बोर्जगी गाउँका केही बालबालिकाले खेलौना जस्तो एउटा यन्त्र भेटेर त्यसैसँग खेल्दा दुईजना बालबालिकाको मृत्यु भएको छ।

हिजो सोमबार दिउँसो बालबालिकाको एउटा समूहले गाउँमा खेलौनाजस्तो एउटा यन्त्र फेला पारेका थिए। केटाकेटी त्यसैसँग खेलिरहँदा त्यो यन्त्र अचानक विष्फोट हुँदा ती बालबालिकाले ज्यान गुमाएका राज्य सञ्चालित बख्तर समाचार समितिले आज जनाएको छ।

दुवै बालबालिकाको घटनास्थलमा नै ज्यान गएको सुरक्षाकर्मीलाई उद्धृत गर्दै उक्त समाचार समितिले जनाएको छ। गत आइतबार घाज्नीको छिमेकी कान्दाहार प्रान्तमा यस्तै प्रकृतिको विष्फोट हुँदा एकजना बालकको मृत्यु भएको थियो भने अर्का एकजना घाइते भएका थिए।

चार दशक लामो युद्ध र गृहयुद्धले तहसनहस भएको अफगानिस्तानमा विद्रोहीले बिछ्याएका बम विष्फोटमा परी प्रत्येक महिना दर्जनौँले ज्यान गुमाउँदै आएका छन्। बम विष्फोटका यस्ता घटनामा विशेष गरी बालबालिका पर्ने गरेका छन्।  -सिन्ह्वा

प्रकाशित: Apr 11, 2023| 23:03 मंगलबार, चैत २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।
बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।