बिहीबार, मंसिर १८, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • मार्चमा पाकिस्तानको मुद्रास्फीति ५० वर्ष यताकै सबैभन्दा उच्च

मार्चमा पाकिस्तानको मुद्रास्फीति ५० वर्ष यताकै सबैभन्दा उच्च

 |  सोमबार, चैत २०, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, चैत २०, २०७९

इस्लामावाद- सन् १९६५ को जुलाईपछि गएको मार्च महिनामा दक्षिण एसियाली मुलुक पाकिस्तानको मुद्रास्फीति पहिलो पटक सबैभन्दा उच्च मापन गरिएको छ। 

National life

मुद्रास्फीतिको जारी प्रवृत्ति कम्तिमा आगामी दुई महिनासम्म जारी रहने र जूनदेखि घट्ने अनुमान विज्ञहरूको छ। मुद्रास्फीति गत बर्षको मार्चमा भन्दा ३५.४ प्रतिशतले बढेको गत शनिबार सार्वजनिक सरकारी तथ्यांकले देखाएको छ।

उपभोक्ता मूल्य सूचकांक (सीपीआई) ले मापन गरेको पाकिस्तानको मुद्रास्फीति गत वर्षको सोही महिनाको तुलनामा मार्चसम्ममा अत्यधिक बढेको हो। मार्च २०२२ मा मुद्रास्फीति १२.७ प्रतिशत रहेको पाकिस्तान तथ्यांक ब्यूरो (पीबीएस) का मोहम्मद मजहरले बताए।

पीबीएसका अनुसार मासिक आधारमा उपभोक्ता मूल्य सूचकांक मार्चमा ३.७ प्रतिशत बढेको छ। फेब्रुअरीमा उपभोक्ता मूल्य सूचकांकमा ४.३ प्रतिशतको वृद्धि भएको थियो। 

कोभिड–१९ का कारण थला परेको विश्व अर्थतन्त्र र रूसले युक्रेनमा गत बर्षदेखि सुरू गरेको युद्धका कारण पाकिस्तानलगायत विश्वका धेरै मुलुकको मुद्रास्फीतिका लागि जिम्मेवार रहेको मान्ने गरिएको छ।  -एएनआई

Laxmi sunrise bank
kumari

प्रकाशित: Apr 03, 2023| 20:02 सोमबार, चैत २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।