सोमबार, माघ २८, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

आँधीका कारण अमेरिकामाा ३२ जनाको ज्यान गयो

 |  सोमबार, चैत २०, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, चैत २०, २०७९

ntc landingntc landing

वासिङ्टन- अमेरिकी दक्षिण र मध्यपश्चिम क्षेत्रमा आएको विनाशकारी आँधीका कारण मृत्यु हुनेको संख्या ३२ पुगेको छ। 

himalayan bank box

दक्षिणी मैदानी क्षेत्रका केही भागमा व्यापक आँधी आउन सक्ने सम्भावना रहेको सीएनएनले जनाएको छ। गत शुक्रबार अमेरिकी भूमिमा अवतरण भएको यो आँधीले सयौँ घर र व्यवसायहरूलाई आंशिक तथा पूर्णरूपमा ध्वस्त पारेको थियो। 

अर्कान्सासका मेयर जेनिफर हब्सका अनुसार, अर्कान्सासको वेनमा चार जनाको मृत्यु भएको छ। आँधीले शहरको पश्चिमी सीमाबाट यसको पूर्वीसम्म विनाशको रेखा छोडेको थियो।

अर्कान्सास, इन्डियाना र टेनेसीराज्यमा मृत्यु हुनेको संख्या आइतबार १५ पुगेको अधिकारीहरूले बताएका छन्। 

मेम्फिस प्रहरी विभागले एक विज्ञप्ति जारी गर्दै दुई बालबालिका र एक वयस्कको मृत्यु भएको जनाएको छ। अर्कान्सासका गभर्नरले नर्थ लिटिल रकमा आँधीका कारण एक जनाको र वाइनमा दुई जनाको मृत्यु भएको जानकारीपछि पाएपछि शुक्रबार दिउँसो आपतकालीन अवस्थाको घोषणा गरेका थिए।

सिएनएनका अनुसार खराब मौसमका कारण मिसौरीमा पनि आपतकालीन अवस्था घोषणा गरिएको छ। उत्तरी इलिनोइसमा शुक्रबार राति बेल्भिडेरेस्थित एक नाट्यशालाको छाना भत्किँदा एक जनाको मृत्यु हुनुका साथै अन्य २८ जनालाई अस्पतालमा भर्ना गरिएको न्यूयोर्क टाइम्सले जनाएको छ।

इन्डियाना स्टेट पुलिसका सार्जेन्ट म्याट एम्सका अनुसार इडियानाको सुलिभान कन्ट्रीमा शेरमेनबाट लगभग १५० माइल पूर्वमा रहेको आँधीका कारण तीन जनाको मृत्यु भएको छ। नेशनल वेदर सर्भिसले अर्कान्सास, इलिनोइस, इन्डियाना र टेनेसीका अतिरिक्त विस्कन्सिन, आयोवा र मिसिसिपीमा पनि आँधीको रिपोर्ट दिएको थियो। राष्ट्रिय मौसम सेवाका अनुसार आँधीको प्रणाली शनिबार बिहानै पूर्वतिर सर्दै गर्दा अलाबामा र जर्जियाका केही भागमा चक्रवातको चेतावनी जारी गरिएको छ। रातारात आएको चक्रवातले मिसिसिपीको रोलिङ फोर्कको अधिकांश भागलाई जलमग्न बनाएको छ। जहाँ अनुमानित अधिकतम १७० माइल प्रतिघण्टाको दरमा आँधी आएको थियो। 

अमेरिकी राष्ट्रपति बाइडनले गत हप्ता आएको आँधीका कारण सबैभन्दा बढी प्रभावित मिसिसिपी समुदायको रोलिङ फोर्कको भ्रमण गरेका छन्। आँधीले रोलिङ फोर्क र आसपासका शाकी काउन्टीमा १३ जनाको ज्यान लिनुका साथै दर्जनौँ घर तथा व्यवसायलाई आँशिक वा पूर्णरूपमा क्षति पुर्‍याएको छ।  -एएनआई

प्रकाशित: Apr 03, 2023| 19:28 सोमबार, चैत २०, २०७९
citizen insidecitizen inside
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।
बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।