शुक्रबार, असोज २३, २०८३

विश्वकप लिग-२ : क्यानडामाथि ओमानको ४१ रनको जित

 |  शुक्रबार, असोज २३, २०८३

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज २३, २०८३

काठमाडौं। आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ को सिरिज अन्तर्गतको खेलमा ओमानले क्यानडालाई ४१ रनले पराजित गरेको छ।

शुक्रबार, ओमानको अल अमेरात क्रिकेट मैदानमा भएको खेलमा ओमानले दिएको २६४ रनको लक्ष्य पछ्याएको क्यानडा ४८ ओभरमा २२२ रनमा अलआउट भयो। यससँगै ओमानले ४१ रनको जित निकालेको हो।  पहिले ब्याटिङ गरेको ओमानले ४९.१ ओभरमा सबै विकेट गुमाएर २६३ रन बनाएको थियो। ओमानका लागि हसनैन उल वहाबले सर्वाधिक ९३ रन बनाए। उनले ७७ बलमा पाँच चौका र पाँच छक्का प्रहार गरेका थिए। मुजिबुर अलीले ३९ तथा जतिन्दर सिंहले ३४ रनको योगदान दिएका थिए। क्यानडाका हर्ष ठाकरले चार विकेट लिएका थिए भने समाय श्रीवास्तवले तीन विकेट हात पारेका थिए।

जितसँगै ओमानले विश्वकप लिग–२ मा २९ खेलमा ३३ अंक जोडेको छ। क्यानडाको भने ३३ खेलमा २५ अंक रहेको छ। यस सिरिज अन्तर्गतको दोस्रो खेल आइतबार नेपाल र क्यानडाबीच हुने तालिका रहेको छ। 

प्रकाशित: Oct 09, 2026| 19:45 शुक्रबार, असोज २३, २०८३
प्रतिक्रिया दिनुहोस्