काठमाडौं- जापानको आइची–नागोया शहरमा सम्पन्न एसियाली खेलकुद २०२६ मा चीनले सर्वाधिक पदक जित्दै शीर्ष स्थानमा प्रतियोगिता टुंग्याएको छ।
चीनले १६९ स्वर्ण, ८९ रजत र ८३ कांस्य गरी कुल ३४१ पदक जितेको छ। आयोजक जापान ८३ स्वर्ण, ९५ रजत र ९१ कांस्यसहित २६९ पदक जितेर दोस्रो स्थानमा रह्यो भने दक्षिण कोरिया ३९ स्वर्ण, ४३ रजत र ६८ कांस्यसहित १५० पदक जित्दै तेस्रो भयो।
त्यस्तै, भारतले २१ स्वर्ण, २७ रजत र ३७ कांस्य गरी ८५ पदक जितेर चौथो स्थान हासिल गरेको छ। समान २१ स्वर्ण जितेको उज्वेकिस्तान भने २५ रजत र २४ कांस्यसहित कुल ७० पदकका आधारमा पाँचौँ स्थानमा रह्यो।
इरानले १९ स्वर्णसहित ५२, थाइल्यान्डले १८ स्वर्णसहित ५२ र काजकिस्तानले १२ स्वर्ण, २४ रजत तथा ४८ कांस्यसहित ८४ पदक जिते। हङकङले ११ स्वर्णसहित ५४ तथा बहराइनले ११ स्वर्णसहित २२ पदक जितेका छन्।
मलेसियाले ९ स्वर्ण, ७ रजत र १६ कांस्यसहित ३२ पदक जित्दा उत्तर कोरियाले ७ स्वर्ण, १३ रजत र ९ कांस्यसहित २९ पदक हात पार्यो। संयुक्त अरब इमिरेट्सले ७ स्वर्णसहित १२ पदक जितेको छ। चिनियाँ ताइपेले ५ स्वर्ण, १७ रजत र ३३ कांस्यसहित ५५ पदक जितेको छ। इन्डोनेसियाले ५ स्वर्णसहित ३९, कतारले ५ स्वर्णसहित १६, फिलिपिन्सले ४ स्वर्णसहित २९ तथा कुवेतले ४ स्वर्णसहित ९ पदक जितेका छन्।
भियतनामले ३ स्वर्ण, ३ रजत र १९ कांस्यसहित २५ पदक जितेको छ। साउदी अरेबियाले ३ स्वर्णसहित १४ पदक पाउँदा सिङ्गापुरले २ स्वर्ण, ९ रजत र ७ कांस्यसहित १८ पदक जितेको छ। त्यस्तै, ताजिकिस्तानले २ स्वर्णसहित १६, जोर्डनले २ स्वर्णसहित ११, म्यानमारले २ स्वर्णसहित ५ र मकाउले १ स्वर्ण, ४ रजत तथा १ कांस्यसहित ६ पदक जितेका छन्। किर्गिस्तानले १ स्वर्ण, ३ रजत र १० कांस्यसहित १४, मंगोलियाले १ स्वर्ण, १ रजत र १३ कांस्यसहित १५ तथा श्रीलंकाले १–१ स्वर्ण, रजत र कांस्यसहित ३ पदक जितेको छ।
पाकिस्तानले २ रजत र ८ कांस्यसहित १० पदक जित्दा इराकले २ रजत र ३ कांस्यसहित ५ पदक जितेको छ। तुर्कमेनिस्तानले २ रजतसहित २ पदक हात पारेको छ। अफगानिस्तान र लेबनानले समान १ रजत र २ कांस्यसहित ३–३ पदक जितेका छन्। ओमानले १ रजत र १ कांस्यसहित २ पदक जितेको छ।
कम्बोडियाले ४ कांस्य, नेपालले २ कांस्य, तथा बंगलादेश, ब्रुनाई, लाओस र सिरियाले समान १–१ कांस्य पदक जितेका छन्।
नेपालले यस एशियन खेलकुदमा महिला कबड्डी र करातेको कुमुतेतर्फ ८४ केजी माथिको तौल समुहमा नेपालका तेन्जिङ शेर्पाले कास्य पदक जितेका हुन्। यस अघि २०२३ को एशियन खेलकुदमा एरिका गुरुङले करातेमा रजत पदक जितेकी थिइन् भने महिला कबड्डी टिमले कास्य पदक जितेको थियो।