काठमाडौं- जल तथा मौसम विज्ञान विभागले अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको र हाल
देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल लागेको जानकारी दिदै देशको तराई भू-भागका केही स्थानमा हुस्सु लागेको उल्लेख गरेको छ।
आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भागमामा आंशिक बादल लाग्नेछ। देशका तराई भू-भागमा आंशिक बादल लाग्नेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भू-भागको थोरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा मध्यम सम्मको वर्षा/हिमपातको सम्भावना छ। लुम्बिनी प्रदेशका तराई भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।
त्यस्तै आज राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेश तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भू-भागमा साधारणतया बादल लाग्ने तथा देशका बाँकी भू-भागमा आंशिक बादल लाग्नेछ। तराई भू-भागमा बिहानपख हुस्सु पनि लाग्नेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र तराई भू-भागका थोरै स्थानमा मध्यम सम्मको, कोशी र बागमती प्रदेशको हिमाली भू-भाग, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपात तथा सुदूरपश्चिम प्रदेशको तराई भू-भाग तथा मधेश प्रदेशको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।