आइतबार, असोज १८, २०८३

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ६४७ जनालाई कारबाही

 |  आइतबार, असोज १८, २०८३

नेपाल समय

नेपाल समय

आइतबार, असोज १८, २०८३

काठमाडौं- ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ६४७ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ।

आइतबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ८७, सिसिटिभिमार्फत ४६, रातोबत्तीमा २३ जना चालकलाई कारबाही गरिएको छ। 

यसैगरी, तीव्रगतिमा १३२, हर्न निषेधमा ७, लेन क्रसमा ५, अवस्था ठिक नभएको २५, एकतर्फीमा ८ र अन्यमा ३२२ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।

प्रकाशित: Oct 04, 2026| 07:18 आइतबार, असोज १८, २०८३
प्रतिक्रिया दिनुहोस्