शुक्रबार, असोज १६, २०८३

रोनाल्डो बिना डेनमार्कमाथि पोर्चुगलको शानदार जित

 |  शुक्रबार, असोज १६, २०८३

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज १६, २०८३

काठमाडौं- युइएफए नेसन्स लिगको समूह चरणमा पोर्चुगलले डेनमार्कलाई ४–२ गोलले पराजित गरेको छ। गए राति भएको खेलमा पोर्चुगलले दुईपटक बराबरीमा आएपछि निर्णायक रूपमा खेल आफ्नो पक्षमा पारेको हो।

पोर्चुगलका लागि खेलको १३औँ मिनेटमै जोआओ कान्सेलोले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। डेनमार्कले पहिलो हाफको २३औं मिनेटमा गोल गरेर खेल बराबरी गरेको थियो भने २५औँ मिनेटमा गोन्कालो रामोसले गोल गरेपछि पोर्चुगल २–१ ले अघि बढेको थियो। दोस्रो हाफको सुरुआतमै डेनमार्क खेलमा फर्कियो। ५३औँ मिनेटमा रास्मुस होइलुन्डले गोल गर्दै खेल २-२ को बराबरी गरेका थिए। त्यसको केही समयपछि ६७औँ मिनेटमा भिटिन्हाले गोल गरेपछि पोर्चुगलले फेरि ३-२ को अग्रता बनायो। त्यसपछि खेल सकिन तीन मिनेट बाँकी रहँदा जोआओ फेलिक्सले गोल थपेपछि पोर्चुगलले ४–२ को जित पक्का गरेको थियो।

यस जितसँगै पोर्चुगलले समूह ‘ए’ चारमा लगातार तीन खेल जित्दै आफ्नो शतप्रतिशत नतिजा कायम राखेको छ। पोर्चुगलले यसअघि वेल्स र नर्वेलाई पनि पराजित गरेको थियो। डेनमार्क भने तीन खेलबाट तीन अंकमै सीमित भएको छ। अघिल्लो खेलमा बेन्चमा बसेका क्रिस्टियानो रोनाल्डोले पोर्चुगलको राष्ट्रिय टिम छोडेपछि यस खेलमा ब्रुनो फर्नानडेजले कप्तानी गरेका थिए भने यस खेलमा रोनाल्डोको जर्सी नम्बर ७ राफा लिओले लगाएका थिए।

त्यस्तै, गएराती नै सम्पन्न अन्य खेलमा जर्मनीले सर्बियालाई २-० गोलले पराजित गरेको छ। यो जित जर्गेन क्लोपको प्रशिक्षणमा जर्मनीको पहिलो जित हो। त्यस्तै ग्रीसविरुद्ध नेदरल्यान्ड्स २-२ गोलको बराबरीमा रोकिएको छ भने वेल्सले नर्वेलाई २-१ ले पराजित गरेको छ।

प्रकाशित: Oct 02, 2026| 07:18 शुक्रबार, असोज १६, २०८३
प्रतिक्रिया दिनुहोस्