बिहीबार, असोज १५, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • ज्येष्ठ नागरिकको निःशुल्क उपचारका लागि महानगरको अस्पतालसँग सम्झौता

ज्येष्ठ नागरिकको निःशुल्क उपचारका लागि महानगरको अस्पतालसँग सम्झौता

 |  बिहीबार, असोज १५, २०८३

नेपाल समय

नेपाल समय

बिहीबार, असोज १५, २०८३

काठमाडौं। काठमाडौं महानगरपालिकाले ज्येष्ठ नागरिकको निःशुल्क उपचारका लागि छत्रपाटी निःशुल्क चिकित्सालय र डल्लु सामुदायिक स्वास्थ्य परिषद्सँग सम्झौता गरेको छ।

महानगरपालिकाका अनुसार घरघरमै पुगेर हालसम्म २ हजार ७५ ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच गरिएको छ। छत्रपाटी चिकित्सालयमार्फत १४ हजार ५४३ पटक र डल्लु सामुदायिक स्वास्थ्य परिषद्मार्फत १ हजार २१५ जनाले निःशुल्क स्वास्थ्य जाँच सेवा लिएका छन्।

त्यस्तै, ३ हजार ३०० ज्येष्ठ नागरिकलाई निमोनियाविरुद्धको खोप दिइएको छ। महानगरपालिकाले १० वटा ज्येष्ठ नागरिकमैत्री पार्क सञ्चालन गर्नुका साथै १२ हजार ३८३ ज्येष्ठ नागरिकलाई वार्षिक १२ हजार रुपैयाँ पोषण भत्ता उपलब्ध गराउँदै आएको जनाएको छ।

सम्झौताअनुसार सडकबाट उद्धार गरी मानव सेवा आश्रममा राखिएका व्यक्तिको नियमित स्वास्थ्य परीक्षण तथा अस्पताल भर्ना गर्नुपर्ने अवस्थामा निःशुल्क उपचारसमेत उपलब्ध गराइनेछ। सामाजिक विकास विभागको सिफारिसमा लैङ्गिक हिंसापीडित तथा बेवारिसे व्यक्तिले पनि सेवा पाउने महानगरपालिकाले जनाएको छ।

प्रकाशित: Oct 01, 2026| 17:50 बिहीबार, असोज १५, २०८३
प्रतिक्रिया दिनुहोस्