बिहीबार, असोज १५, २०८३

बझाङमा जिप दुर्घटना हुँदा चालकको मृत्यु, दुई जना घाइते

 |  बिहीबार, असोज १५, २०८३

नेपाल समय

नेपाल समय

बिहीबार, असोज १५, २०८३

बझाङ- बझाङको सुर्मा गाउँपालिका–२ दोगडीस्थित चैनपुर–दौलिचौर भित्री सडकखण्डमा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

विहिबार बिहान १० बजे दौलिचौरबाट चैनपुरतर्फ आउँदै गरेको बोलेरो जिप अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल खसेर दुर्घटना भएको हो। दुर्घटनामा सुर्मा गाउँपालिका–४ का करिब २७ वर्षीय जिप चालक कुन्दन बोहराको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

जिपमा चालकसहित तीन जना सवार थिए। घाइते दुई जनाको नाम, थर र ठेगाना खुल्न बाँकी रहेको छ। उनीहरूलाई उपचारका लागि जिल्ला अस्पताल बझाङ पठाइएको छ।

दुर्घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय बझाङबाट प्रहरी नायब निरीक्षक तेजबहादुर रावलको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेको थियो। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Oct 01, 2026| 13:48 बिहीबार, असोज १५, २०८३
प्रतिक्रिया दिनुहोस्