बिहीबार, असोज १५, २०८३

अविरल वर्षाले देशभरका दर्जनौं सडकखण्ड अवरुद्ध

 |  बिहीबार, असोज १५, २०८३

नेपाल समय

नेपाल समय

बिहीबार, असोज १५, २०८३

काठमाडौं- देशभर जारी अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण विभिन्न प्रदेशका प्रमुख राजमार्ग तथा सडकखण्डहरू प्रभावित भएका छन्। 

नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार विभिन्न स्थानमा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएका छन्। 

सबै मुख्य राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। बाढीका कारण असोज १० गते बिहान १०:३० बजेदेखि अवरुद्ध भएको छ। अर्को सूचना जारी नभएसम्मका लागि आवागमन ठप्प रहने जनाइएको छ।

पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–०२ चालिसेमा पहिरो खसेपछि आज बिहान ४:२० देखि सडक एकतर्फी मात्र सुचारु रहेको छ।

असोज ८ गते दिउँसो १६ बजे आएको बाढीका कारण बेसीसहर हुँदै खाङ्सार जाने सडक पूर्ण रूपमा अवरुद्ध रहेको छ।

कालीगण्डकी करिडोरअन्तर्गत जैमिनी नगरपालिका–८ बेलबगरमा खसेको पहिरोका कारण असोज ९ गते साँझ १९:४५ देखि यातायात एकतर्फी रूपमा सञ्चालन भइरहेको छ। 

बेनी–जोमसोम सडक खण्डअन्तर्गत रघुगंगा गाउँपालिका–०२ बैसरी र अन्नपूर्ण गाउँपालिका–०३ सुकेबगरमा असोज १० गते बिहान ०५:५० बजे पहिरो खस्दा सडक पूर्ण अवरुद्ध भएको छ। बेनी–दरबाङ सडक खण्डको बेनी नगरपालिका–०४ घुमाउने भीरमा असोज १० गते साँझ १७:५० बजे पहिरो जाँदा सडक पूर्ण रूपमा बन्द रहेको छ।

प्रकाशित: Oct 01, 2026| 08:28 बिहीबार, असोज १५, २०८३
प्रतिक्रिया दिनुहोस्