शुक्रबार, असोज १६, २०८३

आज अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइँदै

 |  बिहीबार, असोज १५, २०८३

नेपाल समय

नेपाल समय

बिहीबार, असोज १५, २०८३

काठमाडौं-  आज ३६औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइदै छ।

संयुक्त राष्ट्रसङ्घले सन् १९९० को डिसेम्बर १४ मा अक्टोबर १ तारिखलाई ‘अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस’का रुपमा मनाउने प्रस्ताव पारित गरेपश्चात् विश्वभरि नै आजको दिनलाई अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका रूपमा मनाउने गरिएको छ।

यसबर्ष 'दीर्घायुको युग : लामो जीवनका लागि प्रणालीमा पुनर्विचार' भन्ने नारासहित विश्वभर यो दिवस मनाइँदैछ। दिवसका अवसरमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, प्रदेश सरकार, स्थानीय तह र ज्येष्ठ नागरिकको क्षेत्रमा क्रियाशील राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घ तथा विभिन्न सङ्घसंस्थाले ज्येष्ठ नागरिकको हक, हित, संरक्षण र संवर्द्धनका लागि विभिन्न कार्यक्रम आयोजना गरिँदैछ।

प्रकाशित: Oct 01, 2026| 06:16 बिहीबार, असोज १५, २०८३
प्रतिक्रिया दिनुहोस्