शुक्रबार, असोज १६, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • देशभर मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव, आज यी प्रदेशमा वर्षाको सम्भावना

देशभर मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव, आज यी प्रदेशमा वर्षाको सम्भावना

 |  शुक्रबार, असोज १६, २०८३

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज १६, २०८३

काठमाडौं- जल तथा मौसम विज्ञान विभागले अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको जानकारी दिदै देशभर आंशिक बादल लागेको र बागमती प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा हल्का वर्षा भईरहेको जानकारी दिएको छ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भागमा तथा देशका तराई भू-भागमा आंशिक बादल लाग्नेछ। कोशी र बागमती प्रदेशको हिमाली र पहाडी भू-भागको थोरै स्थानमा मध्यमसम्मको तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।  कोशी, बागमती, गण्डकी र लुम्बिनी  प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। 

त्यस्तै, राति कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्ने तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ। देशका तराई भू-भागमा आंशिक बादल रही बिहानपख हुस्सु लाग्नेछ। कोशी प्रदेशको हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा तथा बागमती र  गण्डकी प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा  हल्का वर्षा/हिमपातको सम्भावना छ।

प्रकाशित: Oct 02, 2026| 06:23 शुक्रबार, असोज १६, २०८३
प्रतिक्रिया दिनुहोस्