शुक्रबार, असोज १६, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • काठमाडौं उपत्यकामा २४ घण्टामा ८२१ सवारीसाधनमाथि ट्राफिक कारबाही

काठमाडौं उपत्यकामा २४ घण्टामा ८२१ सवारीसाधनमाथि ट्राफिक कारबाही

 |  शुक्रबार, असोज १६, २०८३

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज १६, २०८३

काठमाडौं- काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लंघन गर्ने ८२१ सवारीसाधनमाथि कारबाही गरिएको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार असोज १६ गते बिहान ६ बजेसम्म गरिएको कारबाहीमा मादक पदार्थ सेवन (मा.प.से.), सिसिटिभी, रातो बत्ती उल्लंघन, तीव्र गति, हर्न, लेन अनुशासन, सवारीको अवस्था, एकतर्फी सडक (वन–वे) लगायतका कसुर समावेश छन्।

कारबाहीको विवरणअनुसार मा.प.से.तर्फ ५३, सिसिटिभीमार्फत ५९, रातो बत्ती उल्लंघनमा ३९, तीव्र गतिमा १०४, हर्नतर्फ १२, लेन अनुशासन उल्लंघनमा ३, सवारीको अवस्था ठीक नभएकोमा ३४ तथा वन–वे उल्लंघनमा ३ वटालाई कारबाही गरिएको छ। अन्यमा ५१० वटा सवारी कारबाही गरिएको कार्यालयले जनाएको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी चालकलाई ट्राफिक नियमको पालना गरी सुरक्षित यात्रा गर्न आग्रह गरेको छ।

प्रकाशित: Oct 02, 2026| 08:51 शुक्रबार, असोज १६, २०८३
प्रतिक्रिया दिनुहोस्