बिहीबार, असोज १५, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • भारत एसियन गेम्स क्रिकेटको फाइनलमा, स्वर्ण पदकका लागि पाकिस्तानसँग खेल्ने

भारत एसियन गेम्स क्रिकेटको फाइनलमा, स्वर्ण पदकका लागि पाकिस्तानसँग खेल्ने

 |  बिहीबार, असोज १५, २०८३

नेपाल समय

नेपाल समय

बिहीबार, असोज १५, २०८३

काठमाडौं- एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको दोस्रो सेमिफाइनलमा भारतले श्रीलंकालाई १२४ रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको छ। 

जापानको निसिनस्थित कोरोगी स्पोर्ट्स पार्कमा भएको खेलमा भारतले प्रस्तुत गरेको १७० रनको ठूलो लक्ष्य पछ्याएको श्रीलंका दबाबमा परेको थियो।

भारतले पहिला ब्याटिङ गर्दै भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १६९ रन बनाएको थियो। भारतका लागि इशान किशनले उत्कृष्ट ब्याटिङ गर्दै ८० रन बनाएका थिए। भारतका लागि वैभव सूर्यवंशीले ३८ रन बनाएका थिए। १७० रनको लक्ष्य पछ्याएको श्रीलंका भारतीय बलिङसामु टिक्न सकेन। भारतका बलरले नियमित अन्तरालमा विकेट लिएपछि श्रीलंकाको ब्याटिङ क्रम ध्वस्त भएको थियो। अन्ततः श्रीलंका केवल ९.५ ओभरमा ४५ रनमा अलआउट हुदै खेल १२४ रनले हारेको थियो।

यस जितसँगै भारतले एसियाली खेलकुद पुरुष क्रिकेटको फाइनलमा स्थान सुरक्षित गरेको छ। अब भारतले स्वर्ण पदकका लागि अर्को सेमिफाइनलबाट फाइनल पुगेको पाकिस्तानसँग खेल्ने छ। फाइनल खेल शनिबार हुने छ। त्यस्तै कास्य पदकको खेलमा बंगलादेश र श्रीलंका शनिबार नै खेल्ने छन्।

प्रकाशित: Oct 01, 2026| 13:38 बिहीबार, असोज १५, २०८३
प्रतिक्रिया दिनुहोस्