काठमाडौं- बाराबंकीको देवा थाना क्षेत्रको किसान पथको बाबुरहिया गाउँ नजिकै बिहीबार बिहान ठूलो सडक दुर्घटना भएको छ। बस र ट्रक ठोक्किँदा १२ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यममा उल्लेख छ।
प्रहरी अधिकारी यमुना प्रसादले घटनास्थल पुगेर प्रहरीले उद्धार कार्य थालेको बताएका छन्। उनले घटनामा मृतकको संख्या बढ्नसक्ने बताएका छन्।
देवा कोतवाली क्षेत्रको माती चौकीअन्तर्गत ग्राम बबुरिया भएर आउने सडकमा बिहीबार बिहान ४:४५ बजे दुर्घटना भएको बताइएको छ। दिल्लीबाट आइरहेको बस विपरीत दिशाबाट आइरहेको ट्रकसँग ठोक्किँएको थियो।
प्रहरीले दुर्घटनाका घाइतेहरूलाई आनन-फानन जिल्ला अस्पताल पठाएइको बताएको छ। थानाध्यक्ष देवा अजयले कुमार सिंहले अहिलेसम्म १२ जनाको मृत्यु पुष्टि भएको र अझै मृतक संख्या बढ्नसक्ने बताएका छन्।
मुख्यमन्त्री योगी आदित्यनाथले बाराबंकी सडक दुर्घटनामा मृत्यु भएकाहरूप्रति शोक व्यक्त गरेका छन्। उनले घाइतेहरूको प्रभावकारी उपचार गर्नसमेत निर्देशन दिएका छन्।
- एजेन्सी