काठमाडौं- नेपाली बजारमा आज पनि सुनचाँदीको मुल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलाको ८ सयले बढेर २ लाख ९२ हजार ३ सयमा कारोबार भइरहेको छ। यसअघि मंगलबार सुन तोलाको २ लाख ९१ हजार ५ सयमा कारोबार भएको थियो।
यस्तै, आज चाँदीको मुल्य भने सामान्य बढेको छ। महासङ्घका अनुसार आज चाँदी तोलाको १० रुपैयाँले बढेर ४४२५ मा कारोबार भइरहेको छ। यसअघि मंगलबार चाँदी तोलाको ४४१५ मा कारोबार भएको थियो।