बुधबार, असोज २१, २०८३

मिनेन्द्र रिजालले कांग्रेस उपसभापतिको उम्मेदवारी फिर्ता लिने

 |  बुधबार, असोज २१, २०८३

नेपाल समय

नेपाल समय

बुधबार, असोज २१, २०८३

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले उपसभापति पदमा दिएको उम्मेदवारी फिर्ता लिने भएका छन्। सभापति गगन थापासँग भएको भेटमा उनले उपसभापति फिर्ता लिने सहमति बनेको हो।  

सभापति थापाले डाक्टर रिजाललाई उपसभापतिको उम्मेदवारी नबन्न आग्रह गरेका थिए। सँगै सभापति थापाले महाधिवेशनपछि उपयुक्त पदमा व्यवस्थापन गर्ने आश्वासन समेत दिएपछि रिजाल उम्मेदवारी फिर्ता गर्न सहमत भएका हुन्। 

रिजालले सभापति थापासँग भएको भेट र उम्मेदवारी फिर्ता प्रसङ्गको कुराकानीको भिडियो समेत आफ्नो फेसबुक पेजमा राखेका छन्।  सभापति थापाले सार्वजनिक रुपमै पनि उम्मेदवारी फिर्ता लिन आग्रह गरेका थिए।

प्रकाशित: Oct 07, 2026| 10:12 बुधबार, असोज २१, २०८३
प्रतिक्रिया दिनुहोस्