शुक्रबार, वैशाख २५, २०८३

तालिबान समूह हतियारसहित गुरुद्वारमा प्रवेश

अफगानिस्तानलाई नियन्त्रणमा लिएको तालिबान आक्रामक बनिरहेको छ। यतिबेला तालिबानका लडाकु हतियारसहित करता परवन गुरुद्वारमा प्रवेश गरेको खबर अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा उल्लेख छ।
 |  बुधबार, असोज २०, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असोज २०, २०७८

काठमाडौं- अफगानिस्तानलाई नियन्त्रणमा लिएको तालिबान आक्रामक बनिरहेको छ। यतिबेला तालिबानका लडाकु हतियारसहित करता परवन गुरुद्वारमा प्रवेश गरेको खबर अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा उल्लेख छ। हतियारसहित घुसेका तालिबानले थुप्रैलाई बन्दी बनाएको बताइएको छ।

National life

करता परवन गुरुद्वार सिख धर्मावलम्बीको पवित्र धार्मिक स्थल हो। इन्डियन वर्ल्ड फोरमका अध्यक्ष पुनीत सिंह चन्डोकले शान्तिको कुरा गर्ने तालिबानले काबुलमा थुप्रै वरवरताका घटना घटाइरहेको पाइएको छ।

चन्डोकले तालिबान लडाकुले गुरुद्वारमा पसेर त्यहाँस्थित मानिसलाई हिरासतमा लिएको बताएका छन्। तालिबान अधिकारीले गुरुद्वारमा प्रवेश गर्दै सीसीटीभी क्यामेरा तोडिदिएका थिए। यसका अलावा गुरुद्वारमा पनि तोडफोड गरिएको छ।

परवन गुरुद्वार विश्वभरका सिख धर्मावलम्बीका लागि विशेष स्थान हो। यो अफगानिस्तानको उत्तर-पश्चिमी काबुलमा पर्छ। 

अफगानिस्तानमा तालिबानले नियन्त्रण लिइसकेपछि अल्पसंख्यकहरूमाथि अत्याचार तथा बर्बरताका खबर बाहिर आइरहेका छन्। तालिबान अल्पसंख्यकको धार्मिक र जातीय पहिचानका आधारमा हत्या भइरहेको छ। तालिबानले अल्पसंख्यकको सुरक्षा गर्ने भनेको थियो। तर, त्यसो हुनसकिरहेको छैन।

- एजेन्सी

प्रकाशित: Oct 06, 2021| 07:36 बुधबार, असोज २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।