मंगलबार, फागुन १९, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • ताइवानले भन्‍यो- चीनले हामीमाथि कब्जा गर्न खोजे विनाश निम्तिन्छ

ताइवानले भन्‍यो- चीनले हामीमाथि कब्जा गर्न खोजे विनाश निम्तिन्छ

ताइवानका राष्ट्रपति साइ इङ वेनले चीनको बढ्दो आक्रमणमा आफ्नो लोकतन्त्र बचाउनका लागि ताइवान तयार रहेको बताएकी छन्।
 |  बुधबार, असोज २०, २०७८

बीबीसी

बीबीसी

बुधबार, असोज २०, २०७८

ताइपेई- ताइवानका राष्ट्रपति साइ इङ वेनले चीनको बढ्दो आक्रमणमा आफ्नो लोकतन्त्र बचाउनका लागि ताइवान तयार रहेको बताएकी छन्। उनले यदि चीनले ताइवान कब्जा गर्न खोजेमा, त्यसको परिणाम निकै भयानक र विनाशकारी हुने बताएकी हुन्।

फरेन अफेयर्समा एक लेख लेख्दै राष्ट्रपति वेनले भनेकी छन्, 'पछिल्लो समय चीनले ३८ लडाकू बिना शुक्रबार र ३९ विमानहरु शनिबार ताइवानको हवाई क्षेत्रमा प्रवेश गराएको छ। चिनियाँ हवाई घुसपैठलाई ताइवानले जवाफसमेत दिएको छ।'

ताइवानका प्रधानमन्त्री सु सेङ चाङले चीनको पछिल्लो घुसपैठ र आक्रमणले क्षेत्रीय शान्तिका लागि खतरा भएको र ताइवान सतर्क रहन जरुरी रहेको बताएका थिए। 

चिनियाँ सेनाका अनुसार अक्टोरमा मात्र पिपुल्स लिब्रेसन आर्मीका करिब १५० विमानहरु ताइवानको हवाई क्षेत्रमा प्रवेश गरेका छन्। चिनियाँ सञ्‍चारमाध्यमहरुले यसलाई सैन्य अभ्यासको रुपमा ब्याख्या गरेका छन्। 

ताइवानमा भएको पछिल्लो घुसपैठलाई पश्चिमा मुलुकहरुले आक्रमण गर्न खोजेको भन्दै चीनको आलोचना गरेका छन्। 

kumari

फरेन अफेयर्समा राष्ट्रपति वेनले लेखकी छन्, 'हामी शान्ति चाहन्छौं। तर, हाम्रो लोकतन्त्र र जीवन शैलीमा खतरा पुर्‍याउनेविरुद्ध लड्का लागि ताइवान तयार छ। ताइवानले आफ्नो मुलुकको आत्मरक्षा गर्न सक्षम छ।' 

ताइवानले विश्‍व समुदायलाई ताइवानमाथिको चिनियाँ आक्रमकताको परिणाम विनाशकारी हुन्छ भन्‍ने कुरा बुझ्‍नुपर्दछ। 


प्रकाशित: Oct 06, 2021| 22:15 बुधबार, असोज २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।