शुक्रबार, वैशाख २५, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • इन्डोनेसियाले गर्‍यो जैविक इन्धनमार्फत सफल उडान परीक्षण

इन्डोनेसियाले गर्‍यो जैविक इन्धनमार्फत सफल उडान परीक्षण

इन्डोनेसियाले जैविक इन्धन (बायोभ्टुर जे २.४) को प्रयोग गरी मध्यमदूरीको जुम्ल्याहा इन्जिन भएको विमानको सफलतापूर्वक उडान परीक्षण गरेको छ।
 |  शुक्रबार, असोज २२, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज २२, २०७८

जाकर्ता- इन्डोनेसियाले जैविक इन्धन (बायोभ्टुर जे २.४) को प्रयोग गरी मध्यमदूरीको जुम्ल्याहा इन्जिन भएको विमानको सफलतापूर्वक उडान परीक्षण गरेको छ।

National life

बायोभ्टुर जे २.४ एक मिश्रित इन्धन हो जुन २.४ प्रतिशत परिष्कृत पाम तेलबाट बनेको हुन्छ। उक्त परीक्षण उडानका क्रममा  ऊर्जा तथा खनिज स्रोतमन्त्री अरिफिन तस्रिफले आफूहरूले नयाँ इतिहास रच्न लागेको  र त्यो समयको पर्खाइमा रहेको समेत बताएका हुन्।

 उनका अनुसार पाम तेलमा आधारित बायोडीजल मिश्रण  इन्धन भू-यातायातमा प्रयोग गरिएको छ अब त्यसलाई हवाई यातायातमा पनि प्रयोग गरिनेछ। 

उडान परीक्षण १०,००० र १,६००० फिट को उचाइ मा उडान गर्ने विमानसँगै गरिएको थियो। 

उक्त परीक्षणबाट जेट एआई ईन्धन र जे२.४ को उपयोग गर्ने  विमान र यसमा समानता पाइएको छ। यातायातमन्त्री बुडी कार्यासुमादी यो परीक्षणको सफलता देश भित्रको मात्र नभएर अन्तरराष्ट्रिय रूपमै भएको बताएका छन्। 

प्रकाशित: Oct 08, 2021| 00:00 शुक्रबार, असोज २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।