बिहीबार, माघ १, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • इरानसँग तनाव बढेपछि अजरबैजानले गरायो खामेनीसँग जोडिएको मस्जिद बन्द

इरानसँग तनाव बढेपछि अजरबैजानले गरायो खामेनीसँग जोडिएको मस्जिद बन्द

इरानसँग तनाव बढ्दै गएपछि अजरबैजानले इरानका सुप्रिम लिडर अयातुल्लाह अलि खामेनीसँग जोडिएको एक मस्जिद बन्द गराएको छ।
 |  मंगलबार, असोज १९, २०७८

बीबीसी

बीबीसी

मंगलबार, असोज १९, २०७८

तेहरान- इरानसँग तनाव बढ्दै गएपछि अजरबैजानले इरानका सुप्रिम लिडर अयातुल्लाह अलि खामेनीसँग जोडिएको एक मस्जिद बन्द गराएको छ। 

National life

इरानको इस्लामिक रिभोलुस्‍नरी गार्ड कोर्प्सको नजिक मानिने एक समाचार एजेन्सी तस्‍निमले बाकूमा रहेको खामेनीका प्रतिनिधि होज्‍जत अल-इस्लाम अलि अकबर ओजाकनेजाद यस यस क्षेत्रका इन्चार्ज रहेको बताइएको छ। 

बाकू अजरबैजानको राजधानी र देशको सबैभन्दा ठूलो सहर हो। अर्मेनियाबाट इरान आवत-जावत गर्ने इरानी ट्रकहरुमाथि कर लगाएपछि अजरबैजान र इरानबीचको तनाव बढेको हो। 

यस वर्ष भएको नागोर्नो काराबाखको दोस्रो पटकको युद्धमा अजरबैजानले अर्मेनियाको नियन्त्रणमा रहेको आफ्नो भूभाग फिर्ता लिएको थियो। 

इरानले अजरबैजानले उक्त भूमि इजरायलाई दिन लागेको आरोप लगाएको थियो। यससँगै इरानले अजरबैजान सीमा क्षेत्रमा एक ठूलो सैन्य अभ्यास गरेको थियो। उक्त सैन्य अभ्यासपछि दुई देशबीचको सम्बन्ध बिग्रिएको हो। 

Laxmi sunrise bank
kumari


प्रकाशित: Oct 05, 2021| 23:30 मंगलबार, असोज १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।