आइतबार, जेठ २५, २०८२

रुस-भारतबीचको सम्झौताले अमेरिका आक्रोशित

यही सम्झौताका विषयमा अमेरिकाले टर्कीमाथि प्रतिबन्ध लगाएको छ। उपविदेशमन्त्री शेरमानले दुबै मुलुक बसेर यो मुद्दा समाधान गर्नुपर्ने बताएकी छन्।
 |  बिहीबार, असोज २१, २०७८
nespernesper

बीबीसी

बीबीसी

बिहीबार, असोज २१, २०७८

vianetvianet

नयाँ दिल्ली- रुस र भारत पारम्पारिक साझेदार मुलुक हुन्। सोभियत संघदेखि नै रुसको भारतसँग विश्‍वासको सम्बन्ध छ। अर्कोतर्फ पछिल्लो १५ वर्षमा अमेरिका र भारतबीचको सैन्य र सुरक्षा साझेदारीमा तीव्र वृद्धि भएको छ। 

रुस र अमेरिकाबीचको द्वन्‍द्व पनि सोभियत संघको समयजस्तै आज पनि छ। यस अवस्थामा अमेरिका र रुसलाई एक साथ समानरुपमा सम्बन्ध अघि बढाउनु चुनौतीपूर्ण रहेको छ। 

सैन्य उपकरणहरु भारतले अझै पनि आफ्नो आवश्यकताको ८० प्रतिशतभन्दा बढी रुसबाट खरिद गर्ने गरेको छ। पछिल्लो समय भारतले इजरायल र अमेरिकाबाट पनि रक्षा उपकरणहरु खरिद गर्ने गरेको छ। 

भारत हिन्द महासागरमा चीनको प्रभाव रोक्‍नका लागि जापान, अस्ट्रेलिया र अमेरिकासँगको क्‍वाड गुटमा रहेको छ। रुसले क्‍वाडप्रति आपत्ति जनाएको छ। 

भारतले रुसबाट एस-४०० मिसाइल प्रणाली खरिद गर्ने सम्झौता गरेको थियो। उक्त सम्झौतलाई लिएर अेमरिका आक्रोशित बनेको हो। भारत भ्रमणमा रहेकी अमेरिकी उपविदेशमन्त्री विन्डे शेरमानले उक्त सम्झौतालाई 'खतरानाक' बताएकी छन्। 

National life insurance

यही सम्झौताका विषयमा अमेरिकाले टर्कीमाथि प्रतिबन्ध लगाएको छ। उपविदेशमन्त्री शेरमानले दुबै मुलुक बसेर यो मुद्दा समाधान गर्नुपर्ने बताएकी छन्। 

उनले भनिन्, 'जुन देशले पनि एस-४०० खरिद गर्ने सम्झौता गर्छ। ती मुलुकप्रति हाम्रो नीति स्पष्ट छ। हाम्रो धारणा छ कि यो खतरानाक छ। यो कुनै पनि मुलुकको सुरक्षा हितमा छैन। भारतसँग हाम्रो बलियो समझदारी छ। हामीले संवादमार्फत यो समस्या समाधान गर्नेछौं।'

भारतले सन् २०१८ मा रुसबाट ५.४३ अर्ब डलरको एस-४०० मिसाइल प्रणाली खरिद गर्ने सम्झौता गरेको थियो। टर्कीले पनि एस-४०० मिसाइल प्रणाली खरिद गर्ने सम्झौता गरेपछि सन् २०१९ मा अमेरिकाले टर्कीसँगको एफ-३५ लडाकू विमान खरिद गर्ने सम्झौता रद्द गरिदिएको थियो। 




प्रकाशित: Oct 07, 2021| 22:00 बिहीबार, असोज २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।
बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।