बिहीबार, माघ १, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • फ्रान्सको क्याथोलिक चर्चमा दुई लाखभन्दा बढी बालबालिकाको यौन शोषण

फ्रान्सको क्याथोलिक चर्चमा दुई लाखभन्दा बढी बालबालिकाको यौन शोषण

एक स्वतन्त्र अनुसन्धान प्रतिवेदनले फ्रान्सको क्याथोलिक चर्चमा दुई लाखभन्दा बढी बालबालिकाको यौन शोषण गरिएको जनाएको छ।
 |  मंगलबार, असोज १९, २०७८

बीबीसी

बीबीसी

मंगलबार, असोज १९, २०७८

पेरिस- एक स्वतन्त्र अनुसन्धान प्रतिवेदनले फ्रान्सको क्याथोलिक चर्चमा दुई लाखभन्दा बढी बालबालिकाको यौन शोषण गरिएको जनाएको छ। 

National life

सन् १९५० देखि हालसम्म क्याथोलिक चर्चका पादरीले करिब दुई लाख १६ हजार बालबालिकामाथि यौन शोषण गरेको पाइएको हो। चर्चका सदस्यहरुमाथि भएको दुर्व्यवहारको संख्या जोड्‍ने हो भने तीन लाख ३० हजार पुग्‍ने बीबीसीले जनाएको छ। 

अनुसन्धान प्रमुख जीन-मार्क सोवेले यो संख्या निकै धेरै भएको बताएका छन्। एक पीडितले यस रिपोर्टलाई फ्रान्सको इतिहासकै महत्वपूर्ण मोड भएको बताएका छन्। 

उनले क्याथोलिक चर्चले आफ्नो कामको पुनर्मूल्यांकन गर्ने समय आएकोसमेत उनले बताएका छन्। फ्रान्सको क्याथोलिक चर्चका विषयमा सन् २०१८ मा अनुसन्धानका लागि आदेश दिइएको थियो। चर्चका रेकर्डहरुको अनुसन्धान, अदालत, प्रहरी र पीडित र प्रत्यक्षदर्शीहरसँग कुराकानी गरेर यो प्रतिवेदन तयार गरिएको हो। 

करिब साढे दुई वर्षमा रिपोर्ट तयार भएको पनि जाँच समितिले जनाएको छ। सन् २०० मा एक पीडितले क्याथोलिक चर्चको क्रूरताप्रति उदासिनता देखाएको बताइएको छ। 

Laxmi sunrise bank
kumari

एक लाख १५ हजार पादरीहरु दुई ९०० देखि तीन हजार २०० सम्म पादरीहरु बालबालिकाको यौन शोषणमा संलग्‍न भएको प्रतिवेदनमा उल्लेख छ। 

करिब दुई हजार ५०० पृष्ठ लामो यो प्रतिवेदनमा पीडितहरु विशेषगरी अलग-अलग सामाजिक पृष्ठभूमिका रहेको र अधिकांश किशोरावस्थामा पनि नपुगेका बालिकाहरु पीडित रहेको पाइएको छ। 

प्रकाशित: Oct 05, 2021| 22:30 मंगलबार, असोज १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।