मंगलबार, फागुन २६, २०८२

जापानमा ६.१ म्याग्‍निच्युडको भूकम्प

जापानको भूगर्भ विभागले ६.१ म्याग्नीच्युडको भूकम्प आएको जानकारी दिएको छ। भूकम्पको केन्द्र बिन्दु देशको चिबा क्षेत्रमा रहेको पनि विभागले जनाएको छ।
 |  बिहीबार, असोज २१, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असोज २१, २०७८

टोकियो- जापानमा बिहीबार शक्तिशाली भूकम्प आएको छ। जापानको भूगर्भ विभागले ६.१ म्याग्नीच्युडको भूकम्प आएको जानकारी दिएको छ। भूकम्पको केन्द्र बिन्दु देशको चिबा क्षेत्रमा रहेको पनि विभागले जनाएको छ। 

National life

स्थानीय समयअनुसार बेलुका १०.४१ बजे भूकम्प आएको अधिकारीहरूले जानकारी दिएका छन्। स्थानीय बासिन्दाले पनि भूकम्पको स्पष्ट महसुस गरिएको बताएका छन्। उनीहरू केही बेर त्रसितसमेत भएका थिए। 

भूकम्पको महसुस धेरै क्षेत्रमा गरिएको थियो। भूकम्पबाट कुनै मानवीय तथा भौतिक क्षति भएको विवरण प्राप्त भइसकेको छैन। 

भूकम्पपछि कुनै आँधीको सम्भावना पनि नदेखिएको भूगर्भ विभागका अधिकारीहरूले जानकारी दिएका छन्। - जापान टाइम्स

प्रकाशित: Oct 07, 2021| 20:56 बिहीबार, असोज २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।