मंगलबार, फागुन २६, २०८२

बेलायतमा एकैदिन करिब ४० हजार सङ्क्रमित थपिए

सरकारी अधिकारीले दिएको पछिल्लो जानकारीअनुसार थप ३९ हजार ८५१ जनामा एकै दिनमा सङ्क्रमण भएको छ। अधिकारीहरुले बेलायतमा अहिलेसम्म सङ्क्रमित हुनेको संख्या ८० लाख नाघेको पनि जनाएका छन्।
 |  बिहीबार, असोज २१, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असोज २१, २०७८

लन्डन- बेलायतमा कोरोना भाइरसको सङ्क्रमण झन् बढेको देखिएको यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन्। पछिल्ला केही दिनमा यहाँ सङ्क्रमण झन् बढेको पाइएको छ। बेलायतका स्वास्थ्य अधिकारीहरुले सरकारी प्रयासका बाबजुत पनि यहाँ कोरोनाबाट हुने सङ्क्रमणमा दैनिक कमी नआएको बताएका छन्।

National life

सरकारी अधिकारीले दिएको पछिल्लो जानकारीअनुसार थप ३९ हजार ८५१ जनामा एकै दिनमा सङ्क्रमण भएको छ। अधिकारीहरुले बेलायतमा अहिलेसम्म सङ्क्रमित हुनेको संख्या ८० लाख नाघेको पनि जनाएका छन्। 

स्वास्थ्य मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएअनुसार यहाँ पछिल्लो २४ घन्टामा कोरोना भाइरसका कारण १४३ जनाको मृत्यु भएको छ। 

बेलायतका स्वास्थ्य अधिकारीले निकै लामो समयपछि यहाँ धेरै समयपछि यतिधेरै व्यक्ति एकै दिन मृत्यु भएको छ। योसँगै बेलायतमा अहिलेसम्म कोरोनाका कारण एक लाख ३७ हजार भन्दा बढीको मृत्यु भएको छ। 

बेलायतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएकामध्ये करिब सात हजार जना अझै पनि अस्पतालमै उपचाररत रहेका छन्। 

Laxmi sunrise bank
kumari

यहाँका १६ वर्ष माथिका झन्डै ९० प्रतिशत मानिसले कोरोना भाइरसविरुद्धको खोपको पहिलो मात्रा लगाएका छन्। त्यसैगरी करिब ८२ प्रतिशतले दुवै मात्रा खोप लगाएका पनि स्वास्थ्य मन्त्रालयलको तथ्याङ्कमा उल्लेख छ।  

बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले पछिल्ला दिनहरुमा बेलायतमा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएको देखिएको बताएका छन्। उनले हरेक दिन कम्तीमा पनि ३५ हजार जनामा यो महामारीको प्रकोप फैलिइरहेको देखिएकोले सबैलाई सतर्क रहन आग्रह पनि गरेका छन्।

प्रकाशित: Oct 07, 2021| 16:03 बिहीबार, असोज २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।