मंगलबार, फागुन २६, २०८२

टेक्सासको विवादित गर्भपतनसम्बन्धी कानुनमाथि प्रतिबन्ध

अमेरिकाको टेक्सासमा रहेको विवादस्पद् गर्भपतनसम्बन्धी कानुनमाथि प्रतिबन्ध लगाइएको छ। संघीय न्यायाधीले उक्त कानुन गर्भपतनविरुद्ध रहेको भन्दै अस्थायी प्रतिबन्ध लगाएको हो।
 |  बिहीबार, असोज २१, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असोज २१, २०७८

टेक्सास- अमेरिकाको टेक्सासमा रहेको विवादस्पद् गर्भपतनसम्बन्धी कानुनमाथि प्रतिबन्ध लगाइएको छ। संघीय न्यायाधीले उक्त कानुन गर्भपतनविरुद्ध रहेको भन्दै अस्थायी प्रतिबन्ध लगाएको हो। 

National life

टेक्सासमा गर्भपतन गर्न नपाउने कानुन बनाइएको थियो। बाइडेन प्रशासनले भने त्यसविरुद्ध निर्णय गरेको थियो। डिस्ट्रिक्ट जज रोबर्ट प्याटम्यानले बाइडेन प्रशासनको उक्त अनुरोधलाई अनुमति दिँदै यसको कानुनको वैधता प्राप्त नभएसम्मका लागि टेक्सासमा लागु गरिएको कानुनमाथि प्रतिबन्ध लगाउने आदेश दिएका हुन्। 

यस कानुनलाई टेक्सासमा रिपब्लिन पार्टीका सांसद्हरुले पारित गरेका थिए। 

ह्वाइट हाउसले यस आदेशलाई महिलाहरुको संवैधानिक अधिकार प्राप्तिमा महत्वपूर्ण कदम भएको बताएको छ। 

राष्ट्रपति जो बाइडेनले टेक्सासको उक्त कानुनलाई महिला अधिकारमाथिको आक्रमण भएको बताएका थिए। तर, टेक्सासका गभर्नर ग्रेग एबोर्टले भने यसलाई समर्थन गर्दै सबैभन्दा ठूलो स्वतन्त्रता जीवन भएको बताएका थिए। 

Laxmi sunrise bank
kumari

कानुनमा छ हप्तासम्मको गर्भपतन पनि गर्न नपाइने प्रावधान राखिएको थियो। तर, चिकित्सकका अनुसार महिलाहरुलाई ६ हप्तासम्मको गर्भपतन गर्नसक्ने सुझाएका थिए। 



प्रकाशित: Oct 07, 2021| 22:30 बिहीबार, असोज २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।