बिहीबार, माघ १, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • एम्‍नेस्टीले भन्‍यो- सत्ता कब्जापछि तालिबानले १३ हजार अल्पसंख्यकको हत्या गर्‍यो

एम्‍नेस्टीले भन्‍यो- सत्ता कब्जापछि तालिबानले १३ हजार अल्पसंख्यकको हत्या गर्‍यो

मानवअधिकारको पक्षमा वकालत गरिरहेको संस्था एम्‍नेस्टी इन्टरनेशलले अफगानिस्तानमा तालिबालने १३ अफगान हजाराको हत्या गरेको जनाएको छ।
 |  मंगलबार, असोज १९, २०७८

बीबीसी

बीबीसी

मंगलबार, असोज १९, २०७८

काबुल- मानवअधिकारको पक्षमा वकालत गरिरहेको संस्था एम्‍नेस्टी इन्टरनेशलले अफगानिस्तानमा तालिबालने १३ अफगान हजाराको हत्या गरेको जनाएको छ। 

National life

तालिबानले अफगानिस्तान सत्ता कब्जा गरेपछि शिया समुदायका जातीय अल्पसंख्यक हजाराको हत्या गरेको एम्‍नेस्टीले जनाएको हो। तालिबानले शिया सम्प्रदायको सोच र सिद्धान्तलाई अस्वीकार गर्दछ। 

एम्‍नेस्टीका अनुसार चरमपन्थी तालिबान समूहका लडाकूले दायाकुन्दी सुबेमा हजारा समुदायका १३ जनाको हत्या गरेको हो। 

बीबीसीका अनुसार तालिबानले भने एम्‍नेस्टीले बिना प्रमाण आरोप लगाएको भन्दै उक्त आरोप खारेज गरेको छ। एम्‍नेस्टीका अनुसार हत्या गरिएमा मध्ये नौ जना पूर्व अफगानी सेना रहेको र उनीहरुले केही समयअघि आत्मसर्मपण गरेका थिए। 

हत्या गरिएका अन्य दुई जना सर्वसाधारण रहेका थिए। जसमा एक महिला रहेको बताइएको छ। तालिबानी समूहले पूर्व सैनिकको घरमा गोली चलाउने क्रममा ती महिलाको पनि मृत्यु भएको हो। 

Laxmi sunrise bank
kumari

तालिबान एक अधिकारीको बदला लिने नियतका साथ उनीहरुको हत्या गरिएको बताइएको छ। 





प्रकाशित: Oct 05, 2021| 23:05 मंगलबार, असोज १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।