विकेट किपर तथा ब्याट्सम्यान विनोद भण्डारीको अर्धशतक र पवन सर्राफको अलराउण्ड प्रदर्शनमा नेपालले मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) माथि सहज जित निकालेको छ।
बंगलादेशले टी-ट्वान्टी क्रिकेटमा ऐतिहासिक सफलता हासिल गरेको छ। भारत-बंगलादेशबीचको टी-ट्वान्टी क्रिकेट शृंखलाअन्तर्गत आइतबार राति भएको पहिलो खेलमा बंगलादेशले घरेलु टोली भारत सात विकेटले पराजित गर्यो।
नेपाली युवा क्रिकेट टोलीले आज विश्वकै सबैभन्दा पुरानो क्रिकेट क्लब मेरिलेबोन क्रिकेट क्लब (एमसीसी)को सामना गर्दै छ। ५० ओभरको खेल कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा बिहान ९ः१५ देखि सुरु हुनेछ।
फरवार्ड भरत खवासले नेपाली राष्ट्रिय फुटबल टोलीमा पुनरागमन गरेका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा)ले शनिबार घोषणा गरेको २३ सदस्यीय टोलीमा भरत र एलेन न्यौपानेले पुनरागमन गरेका हुन्।