बिहीबार, असार ३२, २०८३

साग क्रिकेट : भुटानविरुद्ध नेपालको फराकिलो जित

१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)अन्तर्गत क्रिकेटमा नेपालले भुटानविरुद्ध १४१ रनको फराकिलो जित दर्ता गरेको छ।
 |  बिहीबार, मंसिर १९, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर १९, २०७६

काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)अन्तर्गत क्रिकेटमा नेपालले भुटानविरुद्ध १४१ रनको फराकिलो जित दर्ता गरेको छ।

कीतिपुरस्थित त्रिवि क्रिकेट मैदानमा २३७ रनको विशाल लक्ष्य पछ्याउँदै ब्याटिङ थालेको भुटानले निर्धारित ओभरमा ६ विकेट गुमाएर ९५ रन मात्रै बनाउन सक्यो।

भुटानका लागि आरएम दोर्जीले सर्वाधिक २७ रन जोडे। २३ बल खेलेका उनले चार छक्का प्रहार गरे। यस्तै, एस टोबगे १५ र टि सिंघेले ११ रन जोडे। अन्य खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन्।

बलिङतर्फ नेपालका पारस खड्काले दुई विकेट लिए। यस्तै, पवन सर्राफ, ललित राजवंशी र करन केसीले समान एक विकेट लिए। भुटानका एक खेलाडीलाई सुशान भारीले रनआउट गरे।

यसअघि टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर २३६ रनको विशाल स्कोर बनाएको थियो।

नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्ले सर्वाधिक १०७ रन जोडे। उनले ५५ बलमा ५ चौका र ९ छक्का प्रहार गरे। यस्तै, पारस खड्काले ५७ रनको योगदान दिँदा उपकप्तान दीपेन्द्रसिंह ऐरीले अविजित ४५ रन जोडे।

भुटानका लागि के दोर्जीले दुई तथा टि सिंघेले एक विकेट लिए।

जारी प्रतियोगितामा नेपालको यो पहिलो जित हो। यसअघि नेपाल श्रीलंकाको यु–२३ टिमसँग पराजित भएको थियो।

प्रतियोगिताअन्तर्गत नेपालले शुक्रबार माल्दिभ्ससँग खेल्नेछ।

प्रकाशित: Dec 05, 2019| 06:29 बिहीबार, मंसिर १९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।