बुधबार, भदौ ३१, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • कृष्णभीरको वैकल्पिक सडक निर्माण अन्तिम चरणमा, भोलिदेखि दुईतर्फी चल्ने

कृष्णभीरको वैकल्पिक सडक निर्माण अन्तिम चरणमा, भोलिदेखि दुईतर्फी चल्ने

 |  बुधबार, भदौ ३१, २०८३

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ३१, २०८३

काठमाडौं- पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरको वैकल्पिक सडकखण्ड निर्माण अन्तिम चरणमा रहेको छ।

पूर्वाधार विकास मन्त्रालयले अहिलेसम्म ९० प्रतिशतभन्दा बढी निर्माण सम्पन्न भएको जानकारी दिएको छ। 

कृष्णभीरमा निर्माण गरिएको २७० मिटर नयाँ सडकखण्डमा कटिङ, ग्राभेलिङ तथा सतह मुनिको पानी निकास संरचना निर्माणको काम सम्पन्न भएको छ। बाँकी आधार तह निर्माणको काम आज बेलुकासम्म पूरा गर्ने गरी काम भइरहेको जनाइएको छ।

रातिको समयमा पनि निर्माण कार्यलाई निरन्तरता दिन प्रकाशको व्यवस्था गरिएको छ। विहिबारदेखि कृष्णभीर सडकखण्डमा सबै प्रकारका सवारीसाधन दुईतर्फी रूपमा सञ्चालन गरिने मन्त्रालयले जानकारी दिएको छ।

प्रकाशित: Sep 16, 2026| 11:45 बुधबार, भदौ ३१, २०८३
प्रतिक्रिया दिनुहोस्