बुधबार, भदौ ३१, २०८३

सर्वोच्च अदालतको मुद्दा फाँटमा आगलागी

 |  बुधबार, भदौ ३१, २०८३

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ३१, २०८३

काठमाडौं- सर्वोच्च अदालतको मुद्दा फाँटमा फेरी आगलागी भएको छ।

बुधबार बिहान आगलागीका कारण महत्वपूर्ण कागजात, कुर्सी, टेबललगायत जलेर नष्ट भएको सर्वोच्च स्रोतले जानकारी दिएको छ।

आगलागी विद्युत् शर्ट भएर भएको बताइएको छ। आगलागीबाट कागजातसहित फाँटमा रहेका फर्निचर पनि जलेका छन्। सर्वोच्चको नयाँ भवनको भुइँतलामा रहेका २० र २१ नम्बर फाँटमा आगलागी भएको हो।

यसअघि सर्वोच्चमा दुई साताअघि पनि अन्डरग्राउन्डमा रहेको कार्यालयमा आगलागी हुदा महत्वपूर्ण कागजपत्र जलेका थिए, जसको अनुसन्धान जारी रहेकै बेला फेरी आगलागी भएको छ।

प्रकाशित: Sep 16, 2026| 11:34 बुधबार, भदौ ३१, २०८३
प्रतिक्रिया दिनुहोस्