बुधबार, भदौ ३१, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • उद्योग विभागको महानिर्देशकमा श्रेष्ठलाई जिम्मेवारी, बस्नेत मन्त्रालय तानिए

उद्योग विभागको महानिर्देशकमा श्रेष्ठलाई जिम्मेवारी, बस्नेत मन्त्रालय तानिए

 |  बुधबार, भदौ ३१, २०८३

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ३१, २०८३

काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहतको उद्योग विभागको महानिर्देशक फेरिएका छन्। विभागका महानिर्देशक जितेन्द्र बस्नेतलाई मन्त्रालयमा तान्दै कल्पना श्रेष्ठलाई महानिर्देशकको जिम्मेवारी दिइएको छ। महानिर्देशकको जिम्मेवारी दिएसँगै श्रेष्ठले जिम्मेवारी सम्हालिसकेकी छन्।

श्रेष्ठले डोटी, नवलपरासी, इलाम, खोटाङ जस्ता जिल्लाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी समालिसकेकी छन्। यसअघि मन्त्रालयमा औद्योगिक तथा लगानी प्रवर्द्धन महाशाखा प्रमुखको अनुभव लिइसकेकी छन्। बस्नेत गत पुसमा उद्योगको महानिर्देशक भएर गएका थिए। आठ महिनामै उनलाई महानिर्देशकबाट सुरुवा गरिएको हो।

उद्योगमा आन्तरिक हेरफेर

औद्योगिक लगानी प्रवर्द्धन तथा औद्योगिक पूर्वाधार विकास महाशाखा प्रमुखको जिम्मेवारी रामबन्धु सुवेदीलाई दिइएको छ। प्रशासन, योजना तथा अनुगमन मूल्याङ्कन महाशाखा प्रमुखको जिम्मेवारी नेत्रप्रसाद सुवेदीले पाएका छन्। 

उद्योगको महानिर्देशकबाट फिर्ता बोलाइएका सहसचिव बस्नेतलाई संस्थान, आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण महाशाखाको जिम्मेवारी दिइएको छ। द्विपक्षीय तथा बहुपक्षीय व्यापार महाशाखा प्रमुखको बुद्धबहादुर गुरुङलाई नै दिइएको छ।

प्रकाशित: Sep 16, 2026| 22:05 बुधबार, भदौ ३१, २०८३
प्रतिक्रिया दिनुहोस्