शुक्रबार, कात्तिक १३, २०८३

सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

 |  शुक्रबार, कात्तिक १३, २०८३

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक १३, २०८३

काठमाडौं- नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला ३ हजार २०० रुपैयाँले घटेर दुई लाख ८० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ।

यसअघि बिहीबार प्रतितोला दुई लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । 

त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १०५ रुपैयाँले घटेको छ। बिहीबार प्रतितोला ३९३० रुपैयाँ रहेको चाँदी शुक्रबार घटेर ३८२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रकाशित: Oct 30, 2026| 11:38 शुक्रबार, कात्तिक १३, २०८३
प्रतिक्रिया दिनुहोस्