बिहीबार, असार ३२, २०८३

साइक्लिङमा नेपाललाई पहिलोपल्ट स्वर्ण, २७ पुग्यो स्वर्ण पदक

नेपालले अन्तर्राष्ट्रि डाउन साइक्लिङमा पहिलो पटक स्वर्ण पदक जितेको छ । जारी १३ औं दक्षिण एसियाली खेलकुद ..
 |  बुधबार, मंसिर १८, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १८, २०७६

काठमाडौं- नेपालले अन्तर्राष्ट्रि डाउन साइक्लिङमा पहिलो पटक स्वर्ण पदक जितेको छ ।

जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत आज भएको खेलमा नेपालले पुरुष र महिला दुबैतर्फ स्वर्ण पदक हात पारेको हो ।

महिलातर्फ निश्मा श्रेष्ठले जित दिएकी हुन् भने पुरुषतर्फ राजेश मगरले स्वर्ण चुमेका हुन् । योसँगै नेपालले जारी सागमा २७ वटा स्वर्ण पदक जितेको छ ।

यसअघि आजै उसुको थाउलो नानगुनमा नेपालका दिपक हमालले स्वर्ण जितेका छन् ।

त्यस्तै एसियन गेम्सकी कास्य पदक विजेतालाई पराजित गर्दै नेपालकी अनुपमा मगरले करातेको ६८ केजी तौल समूहमा स्वर्ण पदक हात पारेकी छिन् ।

यसअघि नेपालले हिजो (मंगलबार) ८ वटा स्वर्ण पदक जितेको थियो भने सोमबार १५ स्वर्ण पदक हात पारेको थियो ।

 

प्रकाशित: Dec 04, 2019| 06:44 बुधबार, मंसिर १८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।