बिहीबार, असार ३२, २०८३

उसुमा दिपकले जिते स्वर्ण, नेपालको स्वर्ण पदक २५ पुग्यो

नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत उसुको थाउलो नानगुनमा नेपालका दिपक हमालले स्वर्ण जितेका छन् ।
 |  बुधबार, मंसिर १८, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १८, २०७६

काठमाडाैं- नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत उसुको थाउलो नानगुनमा नेपालका दिपक हमालले स्वर्ण जितेका छन् ।

लगनखेलस्थित आर्मी कभर्डहलमा भएको खेलमा उनले १९.३२ अंक ल्याएर स्वर्ण जितेका हुन् ।

भारतका साजन लामाले रजत र बंगलादेशका अमीर हुसेनले कास्य जिते ।

योसँगै नेपालको स्वर्ण पदक संख्या २५ पुगेको छ । आजै बिहान सियन गेम्सकी कास्य पदक विजेतालाई पराजित गर्दै नेपालकी अनुपमा मगरले करातेको ६८ केजी तौल समूहमा स्वर्ण पदक हात पारेकी छिन् ।

यसअघि नेपालले हिजो (मंगलबार) ८ वटा स्वर्ण पदक जितेको थियो भने सोमबार १५ स्वर्ण पदक हात पारेको थियो ।

 

प्रकाशित: Dec 04, 2019| 06:18 बुधबार, मंसिर १८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।