बिहीबार, असार ३२, २०८३

आर्चरीमा पाकिस्तान सहभागी नहुने

 |  बुधबार, मंसिर १८, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १८, २०७६

काठमाडौं– जारी १३ औं दक्षिण एसियाली खेलकुद(साग) अन्तर्गत आर्चरी खेलमा पाकिस्तान सहभागी नहुने भएको छ। मंगलबारसम्म सहभागी हुने जनाएको पाकिस्तानले बुधबार आफ्नो आन्तरिक कारण देखाउँदै आर्चरीमा सहभागी नहुने जनाएको हो।

नेपाल आर्चरी संघका उपाध्यक्ष वसन्त थकालीका अनुसार नेपालसहित भुटान, श्रीलंका र बंगलादेशमात्र आर्चरी प्रतियोगितामा सहभागी हुने भएका छन् । भुटानका ९ जना खेलाडीहरु प्रतियोगितामा सहभागि हुँदैछन् भने अन्य तीन देशका १६–१६ जना खेलाडीहरु सहभागी हुनेछन्। प्रतियोगिता बिहीबार बिहान हुनेछ। १० वटा स्वर्ण पदकको लागि ५७ जना खेलाडीहरु प्रतिष्पर्धामा उत्रिने भएका छन्।

विश्व आर्चरी महासंघबाट प्रतिबन्धमा परेको भारत आर्चरीमा सहभागी नहुने निश्चित भइसकेको छ । सागअन्तर्गत आर्चरी पोखरामा हुँदैछ।

 

 

प्रकाशित: Dec 04, 2019| 12:50 बुधबार, मंसिर १८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।