बिहीबार, असार ३२, २०८३

साइक्लिङमा नेपाललाई थप एक स्वर्ण

१३ औं सागअन्तर्गत नेपालले साइक्लिङमा थप एक स्वर्ण पदक जितेको छ।
 |  बिहीबार, मंसिर १९, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर १९, २०७६

काठमाडौं– १३ औं सागअन्तर्गत नेपालले साइक्लिङमा थप एक स्वर्ण पदक जितेको छ।

साइक्लिङको क्रस–कन्ट्री स्पर्धामा नेपाललाई लक्ष्मी मगरले स्वर्ण दिलाएकी हुन्। उनले १ घण्टा २० मिनेट २० सेकेन्डमा लक्ष्य पूरा गरिन्।

सो स्पर्धामा नेपालकै उषा खनालले रजत जितिन्। उनले १ घण्टा ३५ मिनेट ५२ सेकेण्डमा लक्ष्य पूरा गरिन्।

कास्य पदक भने भारतले जितेको छ।

यससँगै नेपालले साइक्लिङमा जितेको स्वर्ण संख्या तीन पुगेको छ। यसअघि साइक्लिङको डाउनहिल (पुरुष)मा राजेश मगर र (महिला)मा निस्मा श्रेष्ठले स्वर्ण जितेका थिए।

नेपालको स्वर्ण संख्या भने ३१ पुगेको छ।

प्रकाशित: Dec 05, 2019| 07:41 बिहीबार, मंसिर १९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।