बिहीबार, असार ३२, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • साग क्रिकेट : नेपालद्वारा भुटानसामु २३७ रनको विशाल लक्ष्य प्रस्तुत

साग क्रिकेट : नेपालद्वारा भुटानसामु २३७ रनको विशाल लक्ष्य प्रस्तुत

१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)अन्तर्गत क्रिकेटमा नेपालले भुटानसामु २३७ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ।
 |  बिहीबार, मंसिर १९, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर १९, २०७६

काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)अन्तर्गत क्रिकेटमा नेपालले भुटानसामु २३७ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ।

कीतिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर २३६ रनको विशाल स्कोर खडा गर्यो।

नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्ले सर्वाधिक १०७ रन जोडे। उनले ५५ बलमा ५ चौका र ९ छक्का प्रहार गरे। यस्तै, पारस खड्काले ५७ रनको योगदान दिँदा उपकप्तान दीपेन्द्रसिंह ऐरीले अविजित ४५ रन जोडे।

भुटानका लागि के दोर्जीले दुई तथा टि सिंघेले एक विकेट लिए।

भुटानले केही बेरमा जवाफी ब्याटिङ थाल्नेछ।

प्रकाशित: Dec 05, 2019| 04:43 बिहीबार, मंसिर १९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।